arrow

सैनिक कल्याणकारी कोषमा एक वर्षमा डेढ अर्ब थपियो

logo
प्रकाशित २०७४ साउन २२ आइतबार
nepal-army-new.jpg.jpeg

काठमाडौं । नेपाली सेनाको कल्याणकारी कोषमा एक वर्षमा डेढ अर्ब थपिएको छ । सेनाले आईतबार जंगी अड्डामा गरेको पत्रकार सम्मेलनमा सो सम्बन्धमा जानकारी दिईएको हो । 

सम्मेलनमा सेनाको सैनिक कल्याणकारी योजना निर्देशनालयका निर्देशक सहायक रथी प्रदीप कुमार अधिकारीले कल्याणकारी कोषको आयश्रोत, कोषको बर्तमान आर्थिक अवस्था, कोषबाट हालसम्म संचालित कल्याणकारी कार्यहरु, आर्थिक बर्ष ०७३÷७४ मा कोषबाट संचालन भएका कल्याणकारी कार्यहरु र आ.व. ०७४÷७५ मा कोषबाट संचालनको क्रममा रहेका कल्याणकारी कार्यहरुबारे बिस्तृतमा जानकारी गराएका थिए।  

पत्रकार सम्मेलनमा सेनाले संयुक्त राष्ट्रसंघीय मिशनमा शान्ति स्थापनार्थ विश्वका विभिन्न मुलुकहरुमा सहभागी भए बापत प्राप्त करिब रु. १ करोड २४ लाखबाट वि.सं. २०३२ सालमा स्थापना भएको सैनिक कल्याणकारी कोषमा अहिलेसम्म  ३४ अर्ब ५६ करोड १५ लाख पुगेको जनाए । जुन वि सं. २०७३ आषाढ मसान्तसम्म ३३ अर्ब ६ करोड १० लाख रहेको थियो । 

उनले यो वर्षमात्रै कोषमा १ अर्ब ५० करोड ५ लाखले बृद्धि भएको बताए । त्यसैगरी कोष अन्तर्गतका विभिन्न निकायहरुमा २०७४ आषाढ मसान्तसम्म गरिएको लगानी रु.४ अर्ब ९८ करोड ४४ लाख २२ हजार (लेखा परिक्षण अगावै) लाई समेत समावेश गर्दा २०७४ आषाढ मसान्त सम्ममा कोषको कुल सम्पत्ति रु. ३९ अर्ब ५५ करोड ५ लाख ७९ हजार रहेको बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ