arrow

राप्रपा फेरि दुई टुक्रा : पशुपतिले छुट्टै पार्टी दर्ता गराए, सांसद पनि आफ्नै पोल्टामा

सरकारमा जाने लाेभ

logo
प्रकाशित २०७४ साउन २२ आइतबार
kamal-thapa-&-pasupati-rana-new.jpg.jpeg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा फुटेको छ । वरिष्ठ नेता पशुपतिशमशेर राणाले सुटुक्क नयाँ पार्टी दर्ता गरेका छन् । राणाले आइतबारै नेतृत्वमा नयाँ दल ‘राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन समेत दिएका छन् ।

राणा नेतृत्वको नयाँ दलमा तीन निर्वाचित सांसद सुनिल थापा, दिपक बोहोरा र विक्रम पाण्डे रहेका छन् । यद्यपि, पहिले एकिकृत हुनुअघि पुरानो राप्रपामा रहेका सांसद जयन्त चन्दले पार्टी दर्ता भएको समेत जानकारी पाएनन् । उनले भने, ‘यो त जादु गरेको जस्तो भयो । हिजो आज राप्रपा फुटेको थाहै नहुने भो ।’ तपाईँ कता ? जवाफमा उनले भने, ‘नयाँ पार्टी दर्ता भएको भरखर थाहा पाउँदै छु । म अब कतै न कतै ?’

राणाले २२ सांसद तथा ७२ केन्द्रीय सदस्य लिएको बताइएको छ । कमल थापा नेतृत्वको राप्रपासँग अब १५ सांसद मात्रै छन् । यसअघि डा. प्रकाशचन्द्र लोहनी समेत एकीकृत भएपछि निस्किएर अर्को पार्टी दर्ता गराएका छन् ।

राप्रपामा सरकारमा सहभागि हुने विषयलाई लिएर विवाद हुँदै आएको थियो । राणाले ४० प्रतिशत केन्द्रीय सदस्यसहित अलग्गै पार्टी दर्ता गराए । राणाले सरकारमा सहभागि हुनकै लागि अलग्गै पार्टी दर्ता गराएको बताइँदै छ ।

दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दा काँग्रेस–माओवादी गठबन्धनले आफुहरुलाई बेवास्ता गरेको भन्दै राप्रपाले सरकारमा नजाने घोषणा गरेको थियो ।  कमल थापासँग एकता गरेका राणाले सरकारमा सहभागि हुने विषयमा असन्तुष्टी जनाउँदै आएका थिए । राणाले पार्टीको चुनाव चिन्ह हलो राख्नु पर्ने अडान राख्दै आएका थिए ।

यस्तै, नेता राणाले हिन्दु राष्ट्र स्थापनाका लागि राप्रपाले नेतृत्वदायी भूमिका गर्ने बताउँदै आएका थिए । सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दको चपेटामा पर्दै आएको राप्रपा सूर्यवहादुरको निधनपछि राणा र थापाको लडाईमा फसेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ