arrow

सोमबार चन्द्रग्रहण, समय राति ११ बजेर ७ मिनेटदेखि १ बजेर ४ मिनेटसम्म 

दिउँसो २ बजेर सात मिनेटदेखि भोजन निषेध

logo
प्रकाशित २०७४ साउन २३ सोमबार
chandra-grahan1.jpg

काठमाडौँ । श्रावण शुक्ल पूर्णिमाका दिन साउन २३ गते सोमबार राति चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । 

सोमबार राति ११ बजेर ७ मिनेटदेखि ग्रहणले स्पर्श गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । राति १२ बजेर ६ मिनेटमा ग्रहणको मध्यकाल हुनेछ । 

एक बजेर चार मिनेटमा मोक्षकाल अर्थात् ग्रहण सकिने उनले बताए । 

एक घण्टा ५७ मिनेट लाग्ने ग्रहण नेपालबाट पनि देखिनेछ । 

चन्द्रबिम्बको दक्षिण दिशामा मात्रै कालो छायाँ देख्न सकिन्छ । 

छायाँ आग्नेयकोणबाट प्रवेश गरी नैऋत्यकोणबाट बाहिर निस्कन्छ । 

शास्त्रीय रुपमा बालक, वृद्ध र रोगी बाहेककालाई दिउँसो २ बजेर सात मिनेटदेखि भोजन निषेध गरिएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ