arrow

थाक्यो मोर्चा, नेताहरुको बैठकै बैठक

logo
प्रकाशित २०७२ पुष २५ शनिबार
3-party-and-morcha-task-force.jpg.jpeg
काठमाडौं । लामो समय देखिको मधेश आन्दोलनका कारण जनता नै आजित भएपछि मधेशी मोर्चाका नेता आन्दोलन अन्त्य गर्न बैठकहरुमा व्यस्त हुन थालेका छन् । 
 
प्रमुख तिन दल र मधेशी मोर्चाका नेताहरु सम्मीलित कार्यदलसंग पहिलो छलफल गरेपछि आन्तरिक छलफलमा जुटेका मोर्चाका नेताहरुले आज निर्णायक छलफल गर्ने भएका छन् । 
 
मोर्चाको बटम लाईनका बारेमा निर्णय गरेपछि मोर्चाका नेताहरुले आजै कार्यदलमा छलफल गर्ने तयारी गरेका छन् । दुवै बैठक अपराहन्न हुने भएको छ । यी दुई बैठक भन्दा अगाडी सवै पार्टीका नेताहरुले आन्तरिक छलफल गर्दैछन् । 
 
मोर्चाको मुख्य मागका रुपमा रहेको प्रदेशको सिमांकनमा पुनरावलोकन र जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने विषय मध्ये निर्वाचन क्षेत्रको कुरा संविधान संशोधन प्रस्तावमा उल्लेख भईसकेको छ । 
 
सिमांकनका विषयलाई भने अहिले नै टुङग्याउन माग तिन दलले नमानेमा तिन दलले भनेको भन्दा छोटो समय राखेर सहमति गर्ने मनस्थीतिमा मोर्चाका नेताहरु पुगेको एक नेताले जानकारी दिएका छन् । तिन दलले तिन महिना भित्रमा टुङग्याउने बताउदै आएपछि एक वा डेढ महिना भित्रमा टुङग्याउने गरी सहमति गर्ने तयारी भईरहेको छ । साथै सिमांकनको विषय टुङग्याउनका लागि छुट्टै आयोग नभई नयाँ उच्चस्तरिय राजनितिक संयन्त्रबाट टुङग्याउनु पर्ने उपायका बारेमा पनि मोर्चाले छलफल गरेको छ । 
 
मोर्चाले उठाएका ११ ओटा मागहरु मध्ये कतिपय अन्य मागहरु पनि संविधान संशोधन प्रस्तावमा समेटिएको र कतिपय मागहरु पछि सम्वोधन गर्नु पर्ने खालका भएकाले पछि सम्वोधन गर्न लगाउने गरी सहमति हुन लागेको ति नेताले बताएका छन् । मोर्चाका पछिल्ला छलफलहरु यीनै विषयमा केन्द्रीत भएको र यी विषयमा तिन दल पनि सकारात्मक भएकाले उत्साह थपिएको नेताहरुको भनाई छ । 
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ