arrow

प्रधानमन्त्री देउवाको खाल्डो पुर्ने निर्देशन र अक्षम कर्मचारीतन्त्र

logo
प्रकाशित २०७४ साउन २३ सोमबार
sher-bahadur-deuba.jpg

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा जहाँ अगाडि बढ्दैछन् त्यहाँ उनलाई हिंड्नै रोक्ने ठूला ठूला खाल्डा खनिंदैछन् ।

त्यसो त देउवा आफै खाल्डा भएका सडकको अनुगमनमा हिंडिरहेका छन् । तीन हप्ताअघि उनले उपत्यकाका सडक पुर्न सम्बन्धित क्षेत्रका प्रमुखहरुलाई १५ दिनको म्याद राखेर आदेश दिए । 

तर त्यो आदेशले काम गरेन । उनले निर्देशन दिएका निकायहरु यति निकम्मा निस्किए कि दिउँसै बत्ती बाल्ने गरी झुटो रिपोर्ट बनाए । 

उनीहरुले काठमाडौं उपत्यकाका सबै सडकका खाल्डा पुरिएको दाबीसहितको रिपोर्ट बुझाए । सबैले झुटो रिपोर्ट बुझाए पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पनि त्यही रिपोर्ट सार्वजनिक गर्न त मिलेन । 

प्रधानमन्त्री कार्यालयले खाल्डा पुर्ने जिम्मेवारी दिएका सचिवहरुले पेस गरेको प्रतिवेदन अपूर्ण भन्दै आए पनि सडकको हविगतबारे सञ्चारमाध्यममा बारम्बार समाचार आउँदासमेत तथ्य सार्वजनिक गर्न अलमलमा छ । 

हुनत प्रधानमन्त्री कार्यालयले समयावधि सकिए पनि तीन निकायका सचिवलाई थालेको काम नछाड्न निर्देशन दिएको छ । त्यसो भन्दैमा कामै हुन्छ भन्ने ग्यारेन्टी त रहेन । किनकि १५ दिने समयमासमेत काम नगर्नेहरुले पछि काम गर्लान् भनेर कुर्नुको के तूक । 

मुग्लिन नारायणघाट सडकखण्डको थिलोथिलो भएको पहाडमा झन् बर्खामास दोहन गर्ने काम भइरहेको छ । त्यसलाई तत्काल रोकेर कुनै वैकल्पिक व्यवस्था गर्न सक्नुपर्ने थियो । त्यसो नै गर्न नसक्नु अर्को दुर्भाग्य हो।

नेपालमा यतिधेरै विज्ञ छैन । जिओलोजिष्ट छन् । सडक सडकमा माटोदेखि ढुङ्गा विज्ञसम्म छन् । तर तिनीहरु कुनै सल्लाह दिंदैनन् । लाग्छ उनीहरु निकम्मा छन् । होइन भने जहाँ पायो त्यही सडक विस्तार गर्न खोज्दा हुने असरको ख्याल गर्न सक्नुपर्ने थियो । 

नारायणगढ–मुग्लिनको सडकखण्ड विस्तारलाई सक्ने कार्य सकिन मुस्किलले आठ महिना बाँकी छ । देउवाले अझ छिटो काम सक्न निर्देशन दिएका छन् । उनको निर्देशनले कुनै पनि कामले तीव्रता नपाउने निश्चित छ । बर्खामास काम गर्दा जमीन झन् बढी थिलोथिलो भएको छ । 

विज्ञको प्रयोग गरी सही सल्लाह नलिने हो भने प्रधानमन्त्री देउवालाई हलुका बनाउने काम मात्र हुन सक्छ। (जनभावना साप्ताहिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ