arrow

टिपरले पैदलयात्रुलाई ठक्कर दिँदा एकको मृत्यु, तीन जना घाइते

logo
प्रकाशित २०७४ साउन २३ सोमबार
accident-final.jpeg

मलेखु । पृथ्वीराजमार्गअन्तर्गत धादिङको धुनीबेसी नगरपालिका–९ खत्रीपौवामा टिपरले पैदलयात्रुलाई सोमबार बिहान ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । 

बैरेनीबाट काठमाडौंतर्फ जाँदै गरेको ना४ख ३१०५ नंको टिपरले सडकछेउमा हिँडिरहेका चार जनालाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरी उपरीक्षक शरद खत्रीले बताए ।

दुर्घटनामा धुनीबेसी नगरपालिका–९ का १८ वर्षीय अजय तामाङको मृत्यु भएको छ । 

टिपर ठक्कर दिएपछि घटनास्थलबाट भागेको र घाइते तीन जनालाई उपचारका लागि काठमाडौं वीर अस्पताल पठाइएको छ । 

टिपर चालकलाई पछि प्रहरीले पक्राउ गरेको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ