arrow

के दक्षिण एशियाबारे ‘ट्रम्प कार्ड’को गोटी बन्दै छ भारत ? 

logo
प्रकाशित २०७४ साउन २३ सोमबार
modi_trumpt.jpg

नयाँदिल्ली । मनिलामा आसियान सदस्य देशका विदेश मन्त्रीहरुको बैठकका क्रममा भारतका विदेश राज्यमन्त्री वीके सिंह तथा अमेरिकी विदेश मन्त्री रेक्स टिलरसनबीच भेटघाट भयो । यस भेटघाटले भारत तथा अमेरिकाको प्रगाढ हुँदै आएको सम्बन्धलाई अझ मजवूत बनाउने काम गरेको छ । 

उनीहरुबीचको भेट यस्तो समयमा भएको थियो कि नयाँ ट्रम्प प्रशासन अफगानिस्तानमा चलिरहेको दशकौं पुरानो युद्धमा आफ्नो भूमिका खोज्नको लागि नयाँ दक्षिण एशिया नीतिमा काम गरिरहेका छन् । 

यही हप्ता नै भारतमा विदेश मन्त्रालय तथा थिंक ट्यांकको सेन्टरबीच छलफल तथा अन्तक्रिर्याया सम्पन्न भएको थियो । यसमा अमेरिकी सिनेट पेन्टागन तथा नेशनल सेक्युरिटी काउन्सिलका वरिष्ठ सदस्यहरुले भाग लिएका थिए । सोही कार्यक्रममा साउथ एशिया ऐक्टिङ असिस्टेंट सेक्रटरी एलिस वेल्स, राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ निर्देशक लीजा कर्टिस तथा पेन्टागनका एबरक्रम्बीले भारतीय विदेश सचिव जयशंकर तथा सुरक्षा सल्लाहकार अजीत डोभालसँग समेत छलफल गरेका थिए । 

अहिले ट्रम्पको नयाँ दक्षिण एशिया नीतिमा पाकिस्तानको स्थानलाई भारतसँग परामर्श गरेर मात्रै गर्ने सहमति भएको छ । भारत यसमा एकदमै सकारात्मक रहेको छ । पछिल्लो हप्ता इण्डो यूएस फोरममा विदेशमन्त्री सुष्मा स्वराजको बयानबाट पनि यसमा स्पष्ट हुने धेरै हदसम्म आधार रहेको छ । इण्डो(यूएस फोरममा बोल्दै स्वराजले भनेकि थिईन् ‘हामी अफगानिस्तानमा शान्ति सुरक्षा तथा लोकतन्त्रको संरक्षित गर्नको लागि अमेरिकाले देखाएको बलिदानको सह्राहना गर्दछौं ।’


उनले भनेकि थिईन् ‘हालांकी यो महत्वपूर्ण कुरा हो कि अन्तराष्ट्रिय समुदाय खास गरी अमेरिका अफगानिस्तानमा सक्रिय रहेको छ । ताकि पछिल्लो १६ वषको दौरानमा जुन प्रगति हाँसिल भएको छ । त्यो नष्ट हुनु हुँदैन ।’ भारतले अफगानिस्तानको सहयोगको लागि एक अर्ब डलर बढी अतिरिक्त बजेटको प्रावधान गरेको छ । विदेश मन्त्रालयले पछिल्लो हस्ता बताएको थियो कि आगामी आर्थिक वर्षमा अफगानिस्तानको लागि ३५० करोड रुपैयाँको व्यवस्था गरेको छ । 

नवभारत टाईम्सको स्रोतका अनुसार ट्रम्प अफगानिस्तानलाई लिएर एउटा नयाँ उद्देश्यको खोजीमा छन् । किनकी पुरानो नीतिले अमेरिकाको उद्देश्य पूरा भईरहेको छैन । रिपोर्टका अनुसार अहिले अमेरिकाले अफगान्स्तिानमा जीत हाँसिल गर्न सकिरहेको छैन भन्ने कुरा स्वयं अमेरिकी सैनिक जनरलहरुमा पनि थाहा भएकै कुरा हो । त्यसैले अमेरिका अहिले नयाँ प्रयास र सोचका साथ अघि बढिरहेको छ । 
 
नयाँ नीति अनुरुप अफगानिस्तानमा सुरक्षा बललाई मजबूत बनाउने प्रशिक्षण मिसनलाई कम गर्ने, इस्लामिक स्टेट तथा अलकायदा जस्ता आतंककारी समूहलाई परास्त गर्ने तथा अब्दूल गनी सरकारको दक्षताको स्तरमा सुधार गर्दै लैजान पेरित गर्ने नीति अमेरिकाले लिएको छ । अफगानिस्तानको विषयमा ओवामाको नीतिमा शान्ति प्रक्रिया एक महत्वपूर्ण काम थियो ।

ट्रम्प प्रशासनको नयाँ नीतिमा यो एक क्षेत्रीय सन्दर्भको रुपमा देखिएको छ ।  जसमा अफगानिस्तान जस्ता देशहरु पनि सामेल भएका छन् । यस देशमा आतंकवादी संगठनहरुको बढी संलग्नता रहेकोले पनि अफगानिस्तान लागि अमेरिका आफ्नो कब्जामा राख्न चाहन्छ । त्यसैले अफगानिस्तान र दक्षिण एशियाली मुलुकहरुको अमेरिकी नीति सञ्चालनको लागि भारतसँग सहकार्य गर्ने ट्रम्पको योजना रहेको भारतीय सञ्चारमाध्यमको विश्लेषण रहेको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ