arrow

ललितपुरको कुसुन्तीमा गोली चल्यो, प्रहरीको गोली लागेर प्रवीण खत्रीको मृत्यु

logo
प्रकाशित २०७४ साउन २३ सोमबार
goli-thokeko.jpeg

काठमाडौं । प्रहरीको गोली लागेर ललितपुरको कुसुन्तीमा एक जनाको मृत्यु भएको छ । लागूऔषध कारोबारमा संलग्न रहेको भनिएका प्रवीण खत्रीको प्रहरीको गोली लागेर मृत्यु भएको हो ।

उनीसँग हतियार रहेको सुराकीका आधारमा महानगरीय अपराध महाशाखाको टोली घरमा पुग्दा उनले प्रहरीमाथि गोली चलाएका बताइएको छ ।

प्रहरीलाई देख्नासाथ गोली चलाएपछि जवाफी कारबाही गर्दा उनलाई गोली लागेको महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यले बताएका छन् । गोली लागेर घाइते भएपछि खत्रीलाई पाटन अस्पताल लगिएको थियो । चिकित्सकले उनको मृत्यु भएको घोषणा गरे ।

एसएसपी अमात्यका अनुसार उनको साथमा दुई वटा पेस्तोल भेटिएको छ ।  प्रहरीले चलाएको गोली लागेर प्रवीणको मृत्यु भएको हो । प्रहरीले घर घेरा हाल्न थालेपछि प्रवीणले दुबै हातमा पेस्तोल लिएर गोली गोली चलाउँदै भाग्ने प्रयास गरेका बताइएको छ ।

यसअघि प्रहरीको कारबाहीमा काठमाडौंमै गुण्डा नाइके भनेर चिनिएका दिनेश अधिकारी (चरी) र कुमार श्रेष्ठ (घैंटे)को मृत्यु भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ