arrow

दुई चुनाव एकै मितिमा गर्ने गरी तयारी थाल्न प्रधानमन्त्रीको आयोगलाई सुझाव

logo
प्रकाशित २०७४ साउन २३ सोमबार
sher-bahadur-deuba.jpg

काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले एकै पटकमा प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव सम्पन्न गर्ने गरी तयारी थाल्न निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।
 
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा निर्वाचन आयोगका पदाधिकारीसँग भएको भेटमा चुनावी खर्च कम गर्न र तोकिएकै समयमा चुनाव सम्पन्न गर्न दुवै चुनाव एउटै मितिमा गर्ने गरी तयारी थाल्न आग्रह गरेका हुन् । प्रधानमन्त्रीले निर्वाचन सम्वन्धी दुई ऐन संसद्मा पारित हुने चरणमा अघि बढेको र क्षेत्र निर्धारण आयोगले पनि तोकिएकै मितिमा प्रतिवेदन बुझाउने भन्दै निर्वाचन तयारीमा लाग्न आयोगलाई आग्रह गरे।
 
निर्वाचन आयोगका पदाधिकारीहरूले भने दुवै चुनाव एकैपटक गर्न विद्युतीय भोटिङ मेसिन प्रयोग गर्नुपर्ने धारणा राखेका थिए । तर समय कम भएकाले उक्त मेसिन खरिद गर्ने प्रक्रिया, मेसिन प्रयोगको लागि मतदाता शिक्षालगायतका काम गर्न सकिने कि नसकिने भन्ने विषयमा प्रधानमन्त्रीले प्रश्न गरेका थिए ।
 
निर्वाचन आयोगका पदाधिकारीहरूले मतदातालाई ‘राईट टु रिजेक्ट’ को अधिकार दिने कि नदिने भन्ने र विदेशमा रहेकालाई पनि मत दिन पाउने प्रावधानका विषयमा पनि जिज्ञासा राखेका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ