arrow

मकवानपुरमा एमाले विजयी

logo
प्रकाशित २०७४ साउन २३ सोमबार
CPN-UML-Flag.jpeg

हेटौडा। जिल्ला समन्वय समिति मकवानपुरका प्रमुखमा नेकपा (एमाले)का रघुनाथ खुलाल १४ मत प्राप्त गरी विजयी भएका छन् । जिससको सोमबार  भएको निर्वाचनमा उनका निकटतम प्रतिस्पर्धी काँग्रेस र  माअ‍ोवादी केन्द्र गठबन्धनका कृष्णप्रसाद दाहालले छ मत प्राप्त गरे ।

उप्रमुखमा एमालेकै भगवती पुडासैनी १४ मत प्राप्त गरी विजयी भइन् । निकटतम प्रतिस्पर्धी गठबन्धनकै विजयकुमार ब्लोनले छ मत प्राप्त गरे ।

जिसस सदस्यमा एमालेकै देवराज रिमाल, गणेशकुमारी प्रधान, सीता अधिकारी, बुद्धिबहादुर मोक्तान, सानुकान्छी स्याङ्ताङ, चित्रबहादुर बलामी र सरिता विश्वकर्मा निर्वाचित भए । मकवानपुरमा आठ गाउँपालिका, एक नगरपालिका (थाहा) र एक उपमहानगरपालिका (हेटौँडा)छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ