arrow

इन्धन भण्डारण क्षमता ६ दिनमात्र, केही वर्षमै शून्यमा 

logo
प्रकाशित २०७४ साउन २४ मंगलबार
oil-corporation.jpeg

काठमाडौं । पेट्रोलियम पदार्थ भण्डारण क्षमता विस्तार नभए अबको केही वर्षपछि मुलुकको इन्धन सञ्चिति दर ‘शून्य’ मा झर्ने सम्भावना बढेको छ ।

हाल पेट्रोल साढे ६ दिन, डिजेल साढे ७ दिन, हवाई इन्धन १३ दिन र खाना पकाउने ग्यास सञ्चिति चार दिनका लागिमात्र छ । 

नेपाल आयल निगमले १८ वर्षदेखि भण्डारण क्षमता विस्तार गर्न नसकेका कारण यस्तो अवस्था सृजना भएको हो ।

बढ्दो मागअनुसार भण्डारण क्षमता स्तरोन्नति समयमै नगर्ने हो भने केही वर्षपछि नेपाली उपभोक्ता इन्धनको चरम संकट बेहोर्न बाध्य हुने निगमको तथ्यांकनले देखाएको छ । 

दीर्घकालिन योजना बनाएर भण्डारण क्षमता स्तरोन्नति नगर्ने हो भने आगामी आर्थिक वर्ष २०८२–८३ सम्म इन्धन भण्डारणको क्षमता शून्यमा झर्ने तथ्यांकले देखाएको छ ।

देशभर वार्षिक पेट्रोल १२ प्रतिशत, डिजेल ९ प्रतिशत, हवाई इन्धन ११ प्रतिशत र १३ प्रतिशतका दरले खाना पकाउने एलपीजी ग्यासको माग बढ्दै गएको छ । (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ