arrow

उग्र पितृसत्तात्मक भारतमा देवताको भन्दा देवीको हुन्छ बढी पूजा 

logo
प्रकाशित २०७४ साउन २४ मंगलबार
hindu_tample.JPG

नयाँ दिल्ली । भारत एउटा यस्तो मुलुक हो जहाँ भगवानको रुपमा धेरै महिला शक्तिलाई पूजा गरिन्छ । तर, त्यहाँ व्यवहारमा भने महिलाहरुलाई दोस्रो दर्जाको रुपमा हेर्ने गरिन्छ । भनिन्छ भारतमा उग्र पितृसत्तात्मक शासन रहेको छ भनेर । सत्तामा केही महिलाहरु पनि नपुगेका भने होईनन् । यद्यपि भारतमा धेरै महिलाहरु पुरुषसँग आँखा जुधारएर हेर्न सकेत सक्ने अवस्था रहेको छैनन् । भारत यत्तिको पितृ सत्तात्मक रहेको छ कि त्यहाँको २० प्रतिशत महिला पनि घरबाहिरको काममा जाने गरेका छैनन् भन्ने तथ्यांक बाहिर आउने गरेको छ । तर, भारतमा रहेको धेरै मन्दिरहरु भने देवताको भन्दा पनि देवीको बढी रहेको छ । 

भारतमा जनैपूणीमाको दिन राखी बान्ने चलन छ । जुन तिहारपछिको दिदीभाइको सम्बन्ध सुधार गर्ने एउटा महत्वपूर्ण पर्व हो । यो पर्व स्वी शक्तिको प्रतीक पनि हो । दिदीबहिनीले लगाईदिएको राखीले एकवर्षसम्म दाजुभाइको सुरक्षा हुने विश्वास उनीहरुको छ । त्यो रक्षा बन्धनमा दिदी बहिनीले दाजुभाइलाई एकवर्षसम्म रक्षा गर्ने वचन दिन्छन् भन्ने प्रचलन रहेको छ । 

कैंयौं पौराणिक कहानी साक्षी छन् कि हिन्दू धर्मले सधैंभरी नारी शक्तिको सम्मान गर्ने गरेको छ भन्नेबारे । यही कारण पनि हुनसक्छ कि भारतमा जतिसुकै मन्दिरहरु रहेका छन् । तिनिहरुमध्ये देवीको मन्दिर एकदमै कम रहेको छ । त्यसैले हामी के भन्न सक्छौं भने भारतमा देवी शक्तिप्रति धेरैको विश्वास रहेको छ र आदर पनि । यसको सबैभन्दा ठूलो प्रमाण यो हो कि पुराणहरुले भारतमा जम्मा १२ ज्योतिर्लिंग रहेको बताएको छ भने देवीहरुसँग जोडिएको शक्तिपीठहरु ५१ प्रतिशत रहेको मानिन्छ । 

धार्मिक विषयका विशेषज्ञ देवदत्त पटनायकले यो सवाल उठाएका हुन् । उनले भनेका छन् कि नेशनल ज्योग्राफिकको अनुसन्धानको बेलामा धेरै लापरवाही पनि भएको छ । पटनायकले भनेका थिए कि ‘अनुसन्धान गर्नेले अझ देवीको मन्दिरको संख्या घटाएको देखिएको छ । अमेरिकामा भन्दा भारतमा देवीको मन्दिर कम हुन्छ काहीँ ?’

यस्तो मन्दिर जहाँ पुरुष प्रवेश गर्न पाउँदैनन् 
भारतमा यस्ता कुनै देवी मन्दिरहरु पनि रहेको छ जहाँ पुरुषलाई प्रवेश गर्न निषेध गरिएको छ । पुस्करमा रहेको एक सरस्वती मन्दिरमा कुनैपनि पुरुष प्रवेद गर्न पाउँदैनन् । त्यहाँ कुनैपनि पुरुषले केही वर माग्नु पर्यो भने उसले कुनै महिलालाई नै पठाउनु पर्छ । यसले पनि भारतमा महिला शक्तिको महत्वका साथ पूजा गर्ने गरिएको स्पष्ट हुन्छ । 

भारतको चारै दिशामा देवीको मन्दिर नै प्रमुख मन्दिरको रुपमा चर्चामा रहेको हुन्छ । उत्तरमा बैष्णवीदेवी रहेकी छिन् जुन गुफमा त्रिदेवी सरस्वती लक्ष्मी तथा कालीको समेत तिमा रहेको छ । पश्चिम राजस्तानमा तनोट माताको मन्दिर रहेकोछ । यस्तै चारै दिशामा देवीको पूजा गर्ने भारतीयहरुमा भने महिलाहरुमाथि भने त्यति महत्व दिने गरिएको छैन । 
–एजेन्सी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ