arrow

अब धेरै कुर्दैनौं, चेतावनीलाई उपेक्षा गरिरहे भारतसँग युद्ध निश्चित छ : चीन 

‘भारतले भन्दैमा अमेरिकाले हिन्द महासागरमा युद्ध जहाज पठाउँदैन’ 

logo
प्रकाशित २०७४ साउन २४ मंगलबार
india_sikkim_china1.jpg

काठमाडौं । पछिल्लो डेढ महिनादेखिको जारी सीमा विवाद नरोकिएपछि चीनले भारतलाई अन्तिम चेतावनी दिएको छ । अहिले चीन यो निष्कर्षमा पुगेको छ कि भारतले १९६२ को युद्धबाट केही पनि सिकेको रहेनछ । चीनको ग्लोबल टाईम्सले सम्पादकीयमा लेखेको विषयलाई लिएर भारतको टाईम्स अफ इन्डियाले लेखेको एउटा रिपोर्टमा भनिएको छ कि ‘अहिले विज्ञहरु यी दुई मुलुकबीच युद्ध हुने सम्भावना एकदमै कम देख्छन्।’

तर, ग्लोबल टाईम्सको उक्त सम्पादकीयले भने अब चीन युद्धको लागि अन्तिम अवस्थामा पुगेको बताएको छ । व्यङ्ग्यात्मक शैलीमा ग्लोवल टाईम्समा भनिएको छ ‘यो सरकार पनि एकदमै निस्कपटी रहेछ । ५५ वर्ष वित्यो, अझैपनि भारतको निष्कपटीपना जीवितै रहेछ । तर, पछिल्लो आधा शताब्दीमा पनि उसले कुनै पाठ भने सिक्न भ्याएको रहेनछ ।’ केहीदिन अघि मात्रै भारतीय विदेशमन्त्री सुष्मा स्वराजले दिएको युद्धबाट निकास सम्भव छैन भन्ने प्रतिक्रियाको जवाफमा चीनले यस्तो उल्लेख गरेको मानिएको छ । 

अहिलेको र १९९२ को स्थितीको तुलना गर्दै उक्त सम्पादकीयमा भनिएको छ ‘१९६२ को समयमा पनि भारतका तत्कालीन जवाहरलाल नेहरु सरकारले नै दुईदेशीय युद्ध भड्काउने काम गरेको थियो । त्यतिबेला पनि भारत विरुद्ध चीन हमला गर्ने पक्षमा थिएन । यद्यपि नेहरु सरकारले पनि त्यतिबेला चीनको क्षेत्रमा छिरेर चीनसरकारलाई कमजोर सम्झिएर हेप्न थालेपछि चीनले बाध्य भएर हवाई हमला गर्न बाध्य भएको थियो । अहिलेको भारत पनि के सोचिरहेको छ भने चीन आफनो सामरिक महत्वका कारण युद्ध गर्ने मनस्थितीमा छैन । अझ उनीहरु के सोचिरहेका छन् भने अहिले अमेरिका भारतको पक्षमा रहेको बेलामा चीनलाई युद्ध गर्न मनोबकैज्ञानिक रुपमा पनि आँट आउने छैन । तर भारतले यो बुझेको छैन कि चीन र अमेरिकाबीचको कूटनीतिक नियन्त्रणको प्रकृति यस अघिदेखि नै कस्तो रहँदै आएको छ भन्ने कुरा ।’

सम्पादकीयमा भारतप्रति लक्षित गर्दै उल्लेख गरिएको छ कि ‘उसले अझ यस्तो बुझिरहेको छ कि भारतले भन्यो भने वासिंटनले तत्काल भारतको पक्ष लिएर विज्ञप्ती निकाल्छ र उस्तै परे हिन्द महासागरमा युद्ध जहाजसमेत पठाउँछ । तर त्यो त्यति सजिलो छैन ।’ त्यहाँ भनिएको छ कि चीनले अहिलेसम्म पनि युद्ध सुरु गरेको छैन किनभने चीन भारतलाई यो सिकाउनु छ कि युद्ध गर्नुभन्दा पहिले बुद्धिले काम गर्नुपर्छ ।’ सम्पादकीयमा यो पनि भनिएको छ कि चीनले भारतलाई दिएको चेतावनी अन्तिम स्थितीमा पुगिसक्यो, अब पनि भारतले यसलाई उपेक्षा गर्छ भने अवश्य पनि त्यहाँ युद्ध नै हुन्छ । यसको लागि चीनको प्रतिक्षाको घडी समाप्त हुनलागेको चीनले चेतावनी दिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ