arrow

रसिया-अमेरिका सम्बन्धमा उतार चढाव

logo
प्रकाशित २०७४ साउन २४ मंगलबार
flag-us-russia-l.jpg

मस्को । पछिल्लो समयमा रुस र अमेरिकी सम्बन्धमा उतार चढाव जारी छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्वीटमार्फत यसको सङ्केत गरिरहेका छन् । 

गएको शुक्रबार बिहानै ट्वीट गर्दै उनले अमेरिका रुस सम्बन्धमा समस्या आएको जनाएका थिए । जसमा पछिल्लो समय सम्बन्धमा अनपेक्षित समस्या आउने अवस्था देखिएको उनको धारणा थियो । त्यस लगत्तै रसियाली प्रशासन केन्द्र क्रेमलिनले अमेरिका रसिया सम्बन्ध यसअघिका वर्षहरुको तुलनामा निकै अप्ठेरो अवस्थामा पुगेको शुक्रबार नै बताएको थियो । तर त्यसपछि अमेरिकी प्रस्तावमा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले लगाएको कडा खालको नाकाबन्दीपछि भने अमेरिकी राष्ट्रपति ट्रम्पले रुसको प्रसंशा गरेका थिए। उनले रुस र चीनले पनि सो कार्यमा देखाएको ऐक्यबद्धता प्रसंशनीय रहेको धारणा राखेका थिए । त्यसपछि यी दुई देशको सम्बन्धमा सकारात्मक विकास हुने अपेक्षा गरिएको पनि कतिपय विश्लेषकले बताएका छन् । 

रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेश्कोभले केही दिनअघि सञ्चारकर्मीसँग भने, “अमेरिकी राष्ट्रपतिद्वारा व्यक्त गरेको बिचार वास्तविक देखिन पुगेको छ, यतिखेर सम्बन्धको विकास सकारात्मक मोडबाट अघि बढिरहेको छैन ।”दुवै मुलुक र जनताबीच पारस्परिक सहयोग तथा सहकार्य आवश्यक रहेको समयमा यसलाई समस्यातर्फ धकेलिएको अमेरिकी राष्ट्रपतिको भनाईप्रति रसियाली प्रशासन केन्द्र क्रेमलिनले पनि समान धारणा ल्याएको हो । गतबर्ष संयुक्त राज्य अमेरिकामा राष्ट्रपतीय निर्वाचनमा रसियाली हस्तक्षेप भएको भन्ने विषयले निकै चर्चा छाएको थियो । यसबारे अनुसन्धान गरिरहेको निकायले पनि त्यस समयमा रुसी संलग्नता खुलेको जनाएको छ । 

राष्ट्रपति ट्रम्पले हिलारी क्लिन्टनलाई हराउन रसियासँग साँठगाँठ गरेको भन्ने अस्वीकार गर्दै आएका छन् । जुरीले राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा र रसियाली कानून व्यवसायीबीच जुन २०१६ मा भएको बैठकका सहभागीलाई छानबिनको दायरामा ल्याउने तयारी गरिरहेको छ । ट्रम्पले निर्वाचन जितेपछि भने रुसी राष्ट्रपति पुटिनको निकै प्रसंशा गरेका थिए। तर पनि यसपछिका दिनहरु त्यसरी अघि बढेनन् । 

हाल आएर भने सो सम्बन्ध विग्रिएको छ । रुसमाथि नाकाबन्दी लगाउनेसम्बन्धी प्रस्तावमा अमेरिकी संसद्ले स्वीकृति दिएको छ । उनकै दल रिपब्लिकनले पनि यस कानुनमा सहमति दिएपछि रुसमाथि पनि नाकाबन्दी लगाउन राष्ट्रपति ट्रम्प बाध्य भएका छन् । 

यसैलाई अमेरिकी र रुसी विश्लेषकहरुले अमेरिकी रुसी सम्बन्धमा उतार चढावका रुपमा हेरेका छन् । एपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ