arrow

लेक लागेर मृत्यु भएका गाउँपालिका अध्यक्षको शव हेलिकप्टरले उठायो

logo
दयाराम पण्डित,
प्रकाशित २०७४ साउन २४ मंगलबार
Army_helycoptar.jpg

बाजुरा । बाजुराको बडीमालिका जाने क्रममा  अछाम जिल्ला मेल्लेख घर भएका  तिर्थयात्री  लेक लागेर तीन दिन अघिु मृत्य भएका राम बहादुर  बोहराको शब मंगलवार विहान उठाएको छ ।  आज बिहान सातवजे तिर  समरजीति गुल्म थापाथलीवाट उडेको नेपाल आर्मीको हेलिकप्टरले बोहरोको सब तथा उनका कुरुवाको सकुशल उद्धार गरेको थियो ।

 उद्धारका लागि नेपाल आर्मीको एन ए ० ५७ कलसाईन भएको हेलिकप्टर प्रयोग गरिएको थियो  उनको उद्धारकालागि  सोमवार सुर्खेतबाट आएको हेलिकप्टर मौसम खरावीका कारण बडिमालिकाको लौडीविनायकमा अवतरण हुन नसके पछि  फर्केर मार्तडी स्थित  नेपाली सेनाको समरजित गुल्म ब्यारेकामा एक रात होल्ड गरेको थियो ।  

 मंगलवार बिहानै मौसम सामान्य ठिक भएपछि हेलिकप्टर ले घटना स्थलवाटै उद्धार गरी उनको घर अछामको मेललेख पुर्‍याएर फिर्ता भएको जिल्ला प्रहरीकार्यालय बाजुराका प्रमुख दलबहादुर  बोगटीले बताए । बोहराको शव कुरुवा तीन जना आफन्त र दुईजना प्रहरीको सकुसल उद्धार भएको हो । तीन दिन सम्म १२ हजार फिटको मा त्रिपालमै दिनरात काट्न वाध्य थिए । तर उनको स्वास्थ्यमा भने तत्काल त्यस्तो कुनै खरावी नदेखिएको वताइएको छ ।
 
शनिबार राती साढे आठ बजे लेक लागेर अछाम जिल्ला मल्लेख गाउँपालिका ५ का वडा अध्यक्ष बोहराको मृत्यु  भएको थियो  । उनि असार १४ को दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा नेपली कांग्रेसको तर्फवाट  वडाअध्यक्षमा निर्वाचित भएका थिए ।मृतक बोहराको शवको उद्धार गर्न कठिन भएपछि हेलकप्टरको प्रयोग गरिएको बताईएको छ   ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ