arrow

वित्त आयोगको विधेयक माथि बुधबारदेखि दफावार छलफल 

logo
प्रकाशित २०७४ साउन २४ मंगलबार
bitta_aayog.JPG

काठमाडौं । स्थानीय तहको स्रोत विभाजनको विषयमा महत्वपूर्ण मानिएको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि बुधबारदेखि दफावार छलफल हुने भएको छ । व्यवस्थापिका संसद्को अर्थ समितिमा पुगेको सो विधेयकमाथि विहान ११ बजेदेखि छलफल गर्ने कार्यतालिका राखिएको समिति सभापति प्रकाश ज्वालाले जानकारी दिए । 

सभापति ज्वालाले अन्तर सरकारी वित्त हस्तान्तरण सम्बन्धी ऐनको भने विधेयक नै बुधबार आउने सम्भावना रहेको स्पष्ट पारे । उनले बुधबारदेखि दफावार रुपमा छलफल हुने वित्त आयोगको प्रतिवेदनलाई जतिसक्दो छिटो छलफल सक्ने प्रयासमा आफूहरु रहेको पनि स्पष्ट पारे । व्यवस्थापिका संसद्को पूर्ण बैठकबाट संशोधन सहित समितिमा पठाईएको उक्त विधेयक समितिमा छलफल हुन्छ, आवश्यकता अनुसार यसलाई छलफल गर्न समिति बनाउने नबनाउने यकीन गरिन्छ र आवश्यक परेको खण्डमा त्यसलाई उपसमिति बनाएर छलफल गरिन्छ । 

त्यही समितिले नै विज्ञहरुसँग छलफल गरी विधेयकमा थपघट गर्ने विषयको निक्र्यौल गरी त्यसलाई संसद्को पूर्ण बैठकमा पठाउने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ