arrow

चिनियाँ उच्च कूटनीतिज्ञको दाबी : भुटानले डोक्लाम चीनको भनेर स्वीकारीसक्यो 

logo
प्रकाशित २०७४ साउन २५ बुधबार
india_sikkim_china1.jpg

काठमाडौं । आश्चर्यजनक तर अप्रमाणित एउटा विषयले अहिले चर्चा पाएको छ । चिनियाँ अधिकारीहरुले भुटानले दोक्लाम चिनियाँ भूमि रहेको स्वीकारी सकेको दाबीगरेपछि अहिले अन्तराष्ट्रिय समुदायमा ठूलो चर्चाको विषय बनेको छ । भारतले भुटानलाई आफ्नो मानेर भुटान र चीनबीचको भूमिमा भारतीय सेना प्रवेश गरेर बसेको अवस्थामा आफ्नो भूमि दाबी गरेको भुटानले नै यो चीनको भूमि हो भनेको भनेर चिनियाँ पक्षले दाबी गरेको समाचार इन्डियन एक्सप्रेसले लेखेको छ । 

भारतीय सञ्चारमाध्यमहरुको एक प्रतिनिधिमण्डलसँग चीनका एकजना उच्च कूटनीतिज्ञ वाङ वेन्लीले भुटानले बेईजिङलाई कूटनीतिक तवरबाट नै अहिले विवदित रहेको भूमि आफ्नो नरहेको बताएको दाबी गरिन् । यद्यपि उनले त्यसको लागि पर्याप्त प्रमाण भने देखाउन सकिनन् । यस अघि चीनले डोक्लाम क्षेत्रमा सडक विस्तार गर्दा भुटानले नै चीन सरकारकोे कामको प्रतिवाद गरेको थियो । त्यतिबेला भुटानले दुईदेशीय सन्धी समेत चीनले भंग गरी सडक बनाएको बताएको थियो । 

पत्रकारहरुसँग वाङले भनिन् ‘घटनाक्रम बदलिँदै गएपछि भुटानीहरु अहिले यो विषयबारे हामीलाई स्पष्टसँग बताउने गरेका छन् कि त्यो अतिक्रमित भएको भनिएको भूमि भुटानी इलाका भित्र पर्दैन ।’ वाङ चीनको विदेश मन्त्रालय अन्तर्गत्को सीमा तथा समुन्द्र विभागकी उपमहानिर्देशक हुन् ।   

उनले थपिन् ‘भुटानीहरुले पनि अनौठो तरिकाले भारतीय सीमाका सुरक्षा बल त्यहाँ आएकोमा अनौठो मानिरहेको छ । उनले आफूले अस्पष्ट रुपमा भुटानी राष्ट्रिय मिडियाले यस बारेमा स्पष्ट सूचना दिने बताईन् ।

उता गत जुन ३० गते भारतीय विदेश मामला मन्त्रालयले एक विज्ञप्ती निकाली भनेको थियो कि ‘जुन १६ मा चीनको राष्ट्रिय जनमुक्ति सेना डोक्लाम क्षेत्रमा प्रवेश गरेको थियो र त्यहाँ सडक निर्माण कार्यमा संलग्न हुन थाल्यो । त्यसमा हाम्रो के बुझाई रह्यो भने त्यहाँ शाही भुटानी सेनाले एकपक्षीय सडक निर्माणलाई स्वीकार गरेको छैन ।’

त्यतिबेला भारतीय विदेश मन्त्रालयले अझ प्राथमिकता दिँदै लेखेको थियो कि भुटानी इलाकामा आएर चीनले रोड बनाउनु सन् १९८८ र १९९८ मा भएको चीन र भुटानबीचको सन्धीको ठाडो उल्लंघन हो । 

वाङले भनिन् भुटानले पनि भारत र चीनको अहिलेको क्रियाकलापलाई नजिकैबाट नियालीरहेको छ । भुटानको चीनसँग सीधा कूटनीतिक सम्बन्ध रहेको छैन । तर पनि उसको बेईजिङसँग नयाँ दिल्लीको कूटनीतिक नियोग मार्फत् कुराकानी भईरहेको छ । 

वाङले भनिन् ‘भुटान र भारत चीनसँग सीमा जोडिएका १४ मुलुकमध्येको दुई मुलुकहरु हुन् । चीनको यी दुई मुलुक बाहेक पनि २० हजार किलोमिटर अन्य मुलुकहरुसँग सीमा जोडिएको छ । यी दुई मुलुक त जम्मा २ हजार किलोमिटर सीमा जोडिएका मुलुक न हुन् ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ