arrow

माछा मार्न गएका शम्शेरको करेन्ट लागेर मृत्यु

logo
प्रकाशित २०७४ साउन २५ बुधबार
current-killed.jpg

नवलपरासी । यहाँको सुनवल नगरपालिका–७ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । 

नवलपरासी र रुपन्देही जिल्ला को सिमानामा पर्ने कजरार खोलामा माछा मार्ने क्रममा मंगलबार सुनवल–७, चारपाला निवासी ५० वर्षका शम्शेर अधिकारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय, सुनवलले जनाएको छ । 

मृतकको शव परीक्षणका लागि पृथ्वीचन्द्र जिल्ला अस्पताल परासी ल्याइएको प्रहरीले जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ