arrow

अबैध अन्तराष्ट्रिय व्यापार कम गर्न वाणिज्य मन्त्रालयको नयाँ प्रविधि, अब प्रत्येक सवारी निगरानीमा 

logo
प्रकाशित २०७४ साउन २५ बुधबार
banijya_mantralaya.jpg

काठमाडौं । भारतीय भन्सार विन्दूबाट नेपाली भन्सार विन्दूमा आउने सवारीहरु दशगजामा नै हराउने समस्याको समाधानको लागि वाणिज्य मन्त्रालयले नयाँ योजना ल्याएको छ । भारतबाट नेपाल जान भनेर हिँडेका कन्टेनरहरु नेपाल नआई हराउने गरेको समस्यालाई समाधान गर्ने एक मात्रै उपाय कन्टेनरमाथिको निगरानी रहेको ठहर गर्दै मन्त्रालयले अब भारत तथा तेस्रो मुलुकबाट सामान बोकेर आउने सवारीलाई निगरानी गर्ने तयारी भईरहेको वाणिज्य मन्त्रालयले जनाएको छ । 

नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनले नै भारतीय भन्सारबाट नेपाल आउन भनेर हिँडेका ३५ प्रतिशत मालबोकेका सवारीहरु दसगजाबाट अन्यत्रै जाने गरेको प्रतिवेदन पेश गरेपछि अहिले मन्त्रालयले भारतबाट नेपाल छिर्ने सवारीमा एउटा ट्याकिङ सिस्टम जडान गर्ने जसले गर्दा नेपाली भन्सारतिर नआई चोरीको बाटोबाट नेपाल आउन लाग्यो भने वाणिज्यका अधिकारीहरुलाई त्यो कन्टेनर कता गईरहेको छ भन्ने यकीन हुने प्रविधि जडान गर्न लागेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता रविशंकर सैंजुले यो प्रविधि सेप्टेम्बर १ सम्ममा सुरु गर्ने तयारी भईरहेको बताए । 

वाणिज्य मन्त्रालयका एक अधिकारीले अहिले मन्त्रालयले त्यस्ता मालबाहक सवारीको यात्रामाथि निगरानी गर्नको लागि  इन्टरनेशनल कार्गो ट्याकिङ सिस्टम नामको सो प्रविधिले धेरै हदसम्म अबैध व्यापार रोक्ने विश्वास उनले गरे । 

कसरी काम गर्छ सिस्टमले ?
ती अधिकारीका अनुसार भारतीय भन्सार कार्यालयमा जब सवारी चेकजाँच गराईन्छ । त्यहिबेलामा नेपाली वाणिज्य मन्त्रालयका अधिकारीहरुले सो कन्टेनरमा एउटा सानो प्रविधि जडान गरिएको हुन्छ । सो प्रविधि कता गयो भन्ने बारे वाणिज्यका अधिकारीहरुले दिशा पत्ता लगाउन सक्छन् । जव उनीहरु नेपाली भन्सारमा आएर सामान देखाउँछन् अनि मात्रै उनीहरुको कन्टेनरबाट सो प्रविधि निकालिन्छ । 

उक्त प्रविधि बोकेर अर्कैबाटो गएको खण्डमा जतिसुकै बेलापनि उसलाई प्रहरीले समात्न सक्ने भएकोले यस्तो प्रविधि प्रभावकारी हुने उनीहरुको विश्वास छ । भारतमा लागू गरेको जीएसटीले न्यून विजकीकरणलाई रोक्ने र सामान लुकाउने प्रवृत्तिलाई यसले रोकेसँगै अन्तराष्ट्रिय व्यापार राम्रो च्यानलबाट आउने विश्वास वाणिज्यका अधिकारीहरुको छ ।  यसले दसगजाबाटै सामान अर्कैबाटो लैजानेहरुलाई भने समस्या पर्ने भएको हो । 

३५ प्रतिशत सामान कसरी हराउँछ बाटैबाट ?
नेपाल राष्ट्रबैकको एक तथ्यांकले भारतीय भन्सारबाट नेपाल आउने सामान मध्ये ३५ प्रतिशत सामान बीचबाटैबाट हराउने गरेको छ । तर कसरी हराउँछ त रु जानकारहरुका अनुसार भारत तथा तेस्रो मुलुकबाट नेपालमा सामान ल्याउने व्यापारीहरुलाई सहज होस् भन्नको लागि वाणिज्य विभागले कोलकत्तामा नै एउटा महावाणिज्यदूतको कार्यालय राखिदिएको छ । त्यसरी ल्याउने सामानहरु कति परिणाममा छन् । कति मूल्यका छन् भन्ने कुरा सबै महावाणिज्यदूतले स्वीकृत गर्ने पत्रमा उल्लेख गर्नुपर्ने हुन्छ । त्यो भने भारतको भन्सारको लागि हो । 

यस्तो बेलामा व्यवसायीहरुले थोरै मूल्यांकन र थोरै सामानको विवरण महावाणिज्य दूतावासमा देखाउँछन् र त्यही अनुसारको स्वीकृत गराउने गर्दछन् । त्यसरी दिईने स्वीकृति आफैंले बोकेर ल्याउने भएकोले उनीहरुले भारतीय सीमामा यथार्थ सामानको नक्कली विल बनाएर देखाउँछन् । यस्तो गर्दा भारतीय भन्सारबाट छुटेको सामान नेपालको भन्सारमा आउनुपूर्व नै बेपत्ता हुने गरेको छ । भन्सारमा देखाएपनि महावाणिज्य दूतावासमा देखाएको थोरै सामानको विवरण मात्रै भन्सारमा तिर्ने गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ