arrow

काठमाडौं महानगरपालिकाको कार्यकारी अधिकृत सरुवा, शर्मालाई ल्याउने तयारी

logo
प्रकाशित २०७४ साउन २५ बुधबार
mahanagar123.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकामा कार्यकारी अधिकृत परिवर्तन गरिएको छ । दुई महिना अघि मात्रै महानगरमा आएका कार्यकारी अधिकृत ईश्वर पौडेललाई गृहमन्त्रालयमा सरुवा गरिएको हो । उनको ठाउँमा आन्तरिक राजश्व विभागबाट गत साता मात्रै संघीय मामला तथा स्थानीय विकास मन्त्रालयमा सरुवा भएका धनीराम शर्मा भट्टरार्इलाई पठाउने तयारी गरिरहेको मन्त्रालय स्रोतले जानकारी दिएको छ । यद्यपि सो विषयमा हल्ला चलेको भएपनि आफूलाई महानगरपालिकामा सरुवा गरिएको पत्र भने प्राप्त भर्इनसकेको पौडेलले हाम्राकुरासँग बताए ।

आन्तरिक राजश्व विभागमा हुँदा नन फाईलर करदाताको व्यवस्थापन सम्बन्धी शाखामा बसेर काम गरेका शर्मा पछिल्लो समय आन्तरिक राजश्व विभागका प्रवक्ता समेत बनेका थिए । यसअघि जीएसटीको नेपालमा प्रभावसम्बन्धमा अध्ययन गर्नको बनेको एक समितिको सदस्य समेत रहेका शर्मा पछिल्लो समय भारतको जीएसटीको नेपालमा प्रभाव र नेपालको कर प्रणाली सम्बन्धी विषयमा राम्रो दख्खल भएका कर्मचारीको रुपमा परिचित छन् । 

अहिले अर्थ मन्त्रालय र काठमाडौं महानगरपालिकाबीच घरबहाल करको विषयमा जारी विवाद चर्किँदै जाँदा कर प्रणालीबारे जानकार मानिएका कर्मचारीलाई सरुवा गर्ने तयारी गर्नुलाई महत्वका साथ हेरिएको छ । मन्त्रालय स्रोतका अनुसार अहिले सरुवा भएका कार्यकारी अधिकृतमा करप्रणाली सम्बन्धी त्यति जानकारी नभएकोले दुई पक्षबीचको विवादमा मध्यस्तकर्ताको अभाव रहेको देखेर उनलाई महानगरपालिकाको कार्यकारी अधिकृत बनाएर पठाउने तयारी गरिएको बुझिएको छ । यस अघिका कार्यकारी प्रमुखले यस्तो विवाद चल्दै जानेहो भने यो मुद्दा अदालतसम्म पुग्न सक्ने बताईरहेको बेला शर्माले भने यसलाई दुबैपक्षबीच छलफल र संवादको माध्यमबाट निकास खोज्नुपर्ने तर्फ जोड दिँदै आएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ