arrow

बाबुरामको उपचार खर्च ८५ हजार, सबै खल्तिबाटै

अस्पतालमै पत्रकार सम्मेलन, ‘धन हुनेले त विदेश जाने हो नहुनेले के गर्ने ?’

logo
प्रकाशित २०७४ साउन २५ बुधबार
baburam_bhattari.jpg

भक्तपुर ।  नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले आफ्नो उपचारमा लागेको खर्च विवरण सार्वजनिक गरेका छन् । भट्टराईले भक्तपुरको गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमै पत्रकार सम्मेलन गरेर उपचारमा लागेको खर्च विवरण सार्वजनिक गरेका हुन् । भट्टराईको उपचारमा ८५ हजार खर्च भएको छ ।

भट्टराई बुधबारमात्रै अस्पतालबाट डिस्चार्ज भए । भट्टराईले स्वदेशमै समेत स्तरीय स्वास्थ्य सेवा लिन सकिने बताउँदै नेपालको स्वास्थ्य सेवालाई यसरी नै विश्वसनीय बनाउनु पर्ने बताए ।

संयोजक भट्टराईले उपचारका नाममा विदेश धाउने प्रवृतिको अब अन्त्य गरिनुपर्ने बताए । भट्टराईले पत्रकारसँग भने, ‘देशभित्र भएका सेवा सुविधा लिनुपर्छ । यहाँ उपचार सम्भव नभए मात्रै विदेश जाने हो । नेपालमा भएका सेवा सुविधा छोडेर विदेश जानू भनेको खोक्रो आदर्श मात्रै हो ।’ भट्टराईले थपे, ‘धन हुनेले त विदेश जाने हो नहुनेले के गर्ने ?’

पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले उपचारमा लागेको खर्च आफैले व्यहोरेको र सरकारबाट अहिलेसम्म एक रूपैयाँ उपचार खर्च नलिएको सुनाए । भट्टराईको नागरिक कम्युनिटी अस्पतालमा मूत्रथैलीको शल्यक्रिया भएको हो । ६ दिन अस्पताल बसेपछि भट्टराई घर फर्किएका छन् । भट्टराईलाई भेट्न पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, केपी शर्मा ओली लगायत अस्पता पुगेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ