arrow

राप्रपाले पशुपति राणासहित ६ जनालाई कारबाही गर्‍यो

logo
प्रकाशित २०७४ साउन २५ बुधबार
kamal_thapa_new2.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पशुपतिशमशेर राणासहित ६ जनालाई पार्टीको साधारण सदस्य समेत नरहनेगरी निकालेको छ ।

वुधबार बसेको केन्द्रीय समिति बैठकले राणासहित ताहिर अलि, जगत गौचन, विजयकला राई, नवोदिता चौधरी र निर्मला श्रेष्ठलाई साधारण सदस्य समेत नरहने गरि पार्टीबाट निष्काशन गरेको हो ।

राणाले पार्टी विभाजन गरेर छुट्टै दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइसकेका छन् । बैठक बस्नु अघि वुधबार विहान राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपाका नेताहरु निर्वाचन आयोग पुगेर जानकारी लिएका छन् ।

राप्रपाका नेताहरुले प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसहित सबै आयुक्तहरुसँग छलफल गरे । छलफलमा सहभागि सह–प्रवक्ता मोहन श्रेष्ठले भने, ‘हामीले राप्रपा विभाजनबारे देखिएको भ्रमबारे यथार्थ बुझयौँ । राणाले ७२ जनाकोे विवरण बुझाएकामा ८ जना केन्द्रीय सदस्य नरहेका व्यक्तिको हस्ताक्षर छ ।’

छलफलमा आयोगका पदाधिकारीहरुले दर्ताका लागि निवेदन आएको बताउँदै राजनीतिक दल दर्ता सम्बन्धि ऐन अनुसार निर्णय हुने जानकारी दिएको श्रेष्ठले बताएका छन् ।  

मंगलबार बसेको बैठकले राणाले निर्वाचन आयोगमा वुझाएको विवरण फर्जी भएको भन्दै पार्टी दर्ताको निवेदन खारेज गर्न माग गर्ने निर्णय गरेको थियो ।

महामन्त्री लिङ्देन, प्रवक्ता सुशील श्रेष्ठ, सह–प्रवक्ता मोहन श्रेष्ठ, अधिवक्ता एवं केन्द्रीय सदस्य रामबहादुर शाह र केन्द्रीय सदस्य कोमल ओली निर्वाचन आयोग पुगेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ