arrow

म्याच फिक्सिङ गर्नेको पाता फर्काउने कानुन

logo
प्रकाशित २०७४ साउन २५ बुधबार
sport-mach_fix-.jpg.jpeg.jpg

काठमाडौं । व्यवस्थापिका संसदले मुलुकी अपराध संहिता विधेयक पारित गरेसंगै अब म्याच फिक्सिङमा संलग्न खेलकर्मी सोझै कानुनी दायरामा आउने भएका छन् ।

वुधबार बसेको संसद बैठकले यो विधेयक पारित गरेको हो । राष्ट्रपतिबाट नयाँ विधेयक प्रमाणीकरण भएसँगै आउँदो भदौ १ गतेबाट लागू हुनेछ । स्पष्ट कानुनी सजायको अभावमा खेल मिलेमतो (म्याच फिक्सिङ)मा संलग्न खेलाडी तथा प्रशिक्षकलाई कारबाही गर्न समस्या थियो ।

खेल मिलेमतोमा संलग्न भएको भन्दै राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान सागर थापासहित उपकप्तान सन्दीप राई, गोलरक्षक रितेश थापा, रक्षक विकाससिंह क्षेत्री र पूर्वराष्ट्रिय खेलाडी तथा प्रशिक्षक अञ्जन केसी दुइ वर्ष अघि पक्राउ परे । स्पष्ट कानुनको अभावमा कारवाही प्रक्रिया अगाडी बढाउन सकिएन । उनीहरु धरौटीमा रिहा भए ।

पछि विश्व फुटबल महासंघ फिफाले नै आजीवन खेलकुदमा प्रतिबन्ध लगाइदियो ।  तर, मुलुकभित्र कानुनको अभाव रहयो । खेल मिलेमतोमा संलग्नलाई कडा कारवाहीको माग गर्दै चौतर्फी आवाज उठेपछि सरकारले लामो समयपछि विधेयक ल्याएको हो ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले विधायन समितिको प्रतिवेदन सहितको विधेयक पारित गरियोस् भनी प्रस्ताव गरे ।

विधेयकले खेल मिलोमतोमा संलग्न खेलाडीलाई कानुनी सजायको दायरामा ल्याउनुका साथै व्यक्ति बेपत्ता पार्ने, सार्वजनिक जग्गा हडप्ने, कसुरदार मुलुक बाहिर रहेपनि कानुनी दायरामा ल्याउने व्यवस्था गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ