arrow

सुनकाण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षाकर्मीको टिम नै फेरियो

logo
प्रकाशित २०७४ साउन २६ बिहिबार
airport.jpeg

काठमाडौं । पटक पटकको सुनकाण्डमा सुरक्षाकर्मीकै मिलेमतो देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षाकर्मीको टिम नै फेरिएको छ । 

पछिल्लो समय गत हप्ता सोमबार विमानस्थलबाट नेपाल प्रहरीले सशस्त्र प्रहरीका सइसहित तीन जनालाई दुई किलो सुनसहित पक्राउ गरेपछि खुलेको सुरक्षाकर्मीको अनियमिता कम गर्न टिम नै फेरिएको हो । 

अबदेखि डीएसपी किशन कर्माचार्यले नेतृत्व सम्हाल्ने भएका छन् ।

कर्माचार्यलाई सुरक्षा चुनौती त थपिएकै छ त्यसमाथि आफ्नो निकायका कर्मचारीले गरेको बदनाम मेट्न पनि मेहनत गर्नैपर्ने देखिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ