arrow

एमाले लाग्यो गुरुहरुको पक्षमा, आंशिक प्राध्यापक र अस्थायी शिक्षकको माग पूरा गर्न माग

logo
प्रकाशित २०७४ साउन २६ बिहिबार
CPN-UML-Flag.jpeg

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय शिक्षा तथा मानवस्रोत विभागले नेपाल आंशिक प्राध्यापक संघ र अस्थाई शिक्षकहरूले चलाई रहेको आन्दोलनप्रति ऐक्यवद्वता जनाएको छ । 

विभागका प्रमुख गङ्गालाल तुलाधरको अध्यक्षतामा बसेको बैठकले आन्दोलनरत पक्ष दुवैसँग वार्ताद्वारा अविलम्ब माग पूरा गर्न सरकारसँग माग गरेको सचिव रमेश सिलवालले जानकारी दिए । 

आंशिक प्राध्यापक र अस्थायी शिक्षाकले प्रक्रिया पूरा गरी स्थायी हुनुपर्ने भन्दै अलग अलग अनशन जारी राखेका छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ