arrow

एकैदिन ६ लाख ३२ हजार बिरुवा रोपियो

logo
प्रकाशित २०७४ साउन २६ बिहिबार
treeeeeeeeee.jpg.jpeg

दाङ । सामुदायिक वन दिवसमा यहाँका विभिन्न स्थानमा वृक्षरोपण गरिएको छ । 

सामुदायिक वन उपभोक्ता महासंघ दाङको आह्वानमा बुधबार जिल्लाभरि रहेका ५०० सामुदायिक वन समूहले वृक्षरोपण गरेका छन् । 

सामुदायिक वन दिवसको अवसरमा जिल्लाका ५२४ सामुदायिक वन समूहमा १८ प्रजातिका छ लाख ३२ हजार बिरुवा रोपिएको वन महासंघका अध्यक्ष शोभाकर सापकोटाले जानकारी दिए । 

‘संघीयतामा सामुदायिक वन, स्थानीय समुदायको पहिचान’ भन्ने मूल नाराका साथ सामुदायिक वन दिवस मनाइएको हो । 

दाङको लमही, तुलसीपुर र घोराहीमा रहेका विभिन्न सामुदायिक वनमा वृक्षरोपण गरिएको महासंघले जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ