arrow

पाल्पाका सात निर्माण व्यवसायी कार्वाहीमा

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७४ साउन २६ बिहिबार
construction.jpg

पाल्पा । जिल्लामा समयमै काम सम्पन्न नगर्ने निर्माण व्यबसायीहरु कारर्वाहीमा परेका छन् । समयमा काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गर्ने,  ठेक्का संझौताका समयमा पेश्की  स्वरुप २५ प्रतिशत रकम लिने र लामो समय सम्म सम्पर्क विहिन हुने विभिन्न वाहाना देखाएर समयमा काम सम्पन्न नगर्ने सात  निर्माण व्यवसायीहरु कारर्वाहीमा परेका हुन् ।

कार्वाहीमा पर्ने निर्माण व्यवसायी जिल्ला प्राविधीक कार्यालय , डिभिजन सडक कार्यालय द्धारा सञ्चालित सडक योजनामा ठेक्का सम्झौता निर्माण व्यवसायीहरु हुन् । जिल्लामा कार्यरत निर्माण व्यवसायीहरु मध्ये अधिकांश जिल्ला बाहिरका रहेका छन् । उनीहरुले आफ्नो नाममा ठेक्का भएपछि जिल्ला भित्रका निर्माण व्यवसायीलाई पेटीमा काम दिने गर्दछन् फलस्वरुप काम समयमा सम्पन्न हुदैन ।

जिल्लामा निर्माण व्यवसायीको मिलेमोतोमा कमिसनको खेलमा ठेक्काका लागि टेण्डर हाल्ने प्रवृत्तिका कारणले पनि समयमा योजना पुरा नभएका हुन् । जिल्लामा सञ्चालित योजना तथा निर्माणका कार्य समयमा पुरा नगरेका निर्माण व्यवसायीलाई पहिलो पटक ठेक्का सम्झौताको दश प्रतिशत जरिमाना असुल गरेको र पहिलो चरणको कार्वाहीबाट पनि समयमै निर्माण कार्य पुरा नगरे कालो सुचीमा राखिने सडक कार्यालयका इन्जिनियर तथा सुचना अधिकारी पवित्रमणी आचार्यले  बताए ।

पहिलो चरणको कार्वाहीमा पर्नेहरुमा तानसेनको होलाङ्गदी वाइपास सडक खण्ड कालोपत्रे गर्न १ करोड ६० लाखमा ठेक्का सम्झौता गरेको अरनीको पन्थे भण्डारा दाफ्चा डुम्रेबाट चुकल्दी हुदै हिरापोखरा जोड्ने सडक निर्माणका लागि ३० लाखमा ठेक्का सम्झौता गरेको वि.एण्ड .वि कम्पनीलाई कार्वाही स्वरुप १० प्रतिशत रकम  जरिमाना गरिएको छ ।

यसरी जरिमाना तिर्ने व्यवसायीहरुमा बतासे मैनादी सडक निर्माणका लागि ३० लाख रुपैयामा ठेक्का सम्झौता गरेको सुरेन्द्र निर्माण सेवा त्यसैगरी डुम्रे धौलीखर्क , हिरापोखरा , जोड्ने सडक निर्माणका लागि ३० लाख रुपैयामा ठेक्का सम्झौता गरेको वि.एण्ड.वि निर्माण कम्पनि र सिस्ने भालुवाङ्ग डुम्रे सडक निर्माणका लागि ३० लाख रुपैयामा ठेक्का सम्झौता गरेको विष्णु निर्माण सेवालाई कार्वाही स्वरुप दश प्रतिशत रकम जरिमाना गराइ कार्वाही गरिएको सुचना अधिकारी आचार्यले बताए  ।

निर्माण व्यवसायीले ठेक्का सम्झौता गर्ने पेश्की वापत संझौताको २५ प्रतिशत रकम लिने महिनौ सम्म वेपत्ता हुने सम्बन्धी कार्यालयले निर्माण व्यवसायीलाई खोज्नै बर्ष दिन लाग्ने गर्दछ । ठेक्का सम्झौता वदर गर्न पनि झन्झटिलो प्रकृया भएकोले पुरानै निर्माण व्यवसायीलाई फकाएरै भए पनि काम गराउनु पर्ने अवस्थाका कारण जिल्लामा सञ्चालित योजनाहरु समयमै पुरा नभएको हो ।

यसैगरी जिल्ला प्राविधीक कार्यालयद्धारा सञ्चालित २ वटा सडक कालोपत्रे गर्ने परियोजना समेत निर्माण व्यवसायीका कारण समयमा पुरा नभएका कारण निर्माण व्यवसायीलाई जरिमाना गर्दै म्याद थप गर्दै आएको छ ।
नेपाल सरकार र विश्व बैंक को संयूक्त लगानीमा सञ्चालित ग्रामिण यातायात सुद्रीढीकरण कार्यक्रम अन्तरगतका कालोपत्रे गर्ने सडक योजनाका निर्माण व्यवसायी कार्वाहीमा परेको जिल्ला प्राविधीक कार्यालयका इन्जिनियर तथा सुचना अधिकारी प्रेम बस्यालले बताए  ।

नेपाल सरकार विश्व बैंकको संयूक्त लगानी जिल्ला प्राविधीक कार्यालयको प्राविधीक रेखदेखमा सञ्चालित बासटारी देखि दमकडा हुदै गोठादी जोड्ने सडक खण्डमा ९ किलोमिटर सडक कालोपत्रे गर्न दुइ बर्ष अगाडी ९ करोड २३ लाख ९९ हजार ४ सय ४४ रुपैयामा ठेक्का सम्झौता गरेको महालक्ष्मी थोलुङ्ग वाइवा , लामा , ज्वाइन्ट भेन्चर कम्पनीलाई जरीमाना गरेर दोश्रो पटक म्याद थपिदै छ ।

त्यसैगरी चिलाङ्गदी देखि चापपानी हुदै राम्दी जोड्ने सडकको चौडा गर्ने र कालोपत्रे गर्न १५ महिनामा सम्पन्न गर्ने गरी २ बर्ष अगाडी ७ करोड ५१ लख ४० हजार ४ सय ८९ मा ठेक्का सम्झौता गरेको वाइपी जय रक्तकाली निर्माण कम्पनीलाई समेत जरिमाना गरेर दोश्रो पटक म्याद थपिन लागेको सुचना अधिकारी बस्यालले बताए ।

सरकारले समयमा काम पुरा नगर्ने निर्माण व्यवसायीलाई जरीमाना मात्र नभइ कानुनी कार्वाहीको प्रकृयामा ल्याउनका लागि सार्वजनिक खरिद ऐन नै ल्याउनु पर्ने इन्जिनियर तथा सुचना अधिकारी बस्यालको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ