arrow

वन संरक्षण र प्रवद्र्धनमा नेपाली सेना

logo
प्रकाशित २०७४ साउन २६ बिहिबार
nepal-army-new.jpg.jpeg

नवलपरासी । वन क्षेत्रको संरक्षण र प्रवद्र्धनका लागि नवलपरासीमा नेपाली सेनाले काम थालेको छ । जिल्लाको कुकुरमारामा श्री नं २ वन तथा पर्यावरण सुरक्षा गण स्थापना गरी वन क्षेत्रको संरक्षण र प्रवद्र्धनको काम नेपाली सेनाले थालेको हो । 

राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिले यस क्षेत्रमा वन तस्करी नियन्त्रण, वनको संरक्षण र प्रवद्र्धनमा सघाउ पुर्याउन नेपाली सेनाले विशेष जिम्मेवारी दिएको छ । 

जसअन्तर्गत सो गणले अहिले कुकुरमारा क्षेत्रमा वृक्षरोपणका साथै वनको संरक्षण र प्रवद्र्धनको काम शुरु गरिसकेको छ । सो गणले विशेषगरी यस क्षेत्रमा समग्रतामा वन क्षेत्रको चोरी तस्करी नियन्त्रण गर्न वन बचाउसम्बन्धी विभिन्न काम गरिरहेको छ । 

ज्यादै जटिल अवस्थामा रहेको यस क्षेत्रको वनलाई संरक्षण र व्यवस्थापन गर्ने जिम्मवारी समुदायलाई मात्र प्रयोग गरेर वनको प्रवद्र्धन गर्न नसकिने अवस्था छ । 

तसर्थ यो कामको विशेष जिम्मेवारी वन तथा पर्यावरण सुरक्षा गणलाई दिइएको राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका अध्यक्ष वीरेन्द्र यादवले जानकारी दिए। 


यस क्षेत्रको वनको अवस्थालाई गणको सहयोगमा पुरानै अवस्थामा फर्काएर पुनः समुदायलाई हस्तान्तरण गर्ने योजना रहेको समितिका सदस्य विदुर भारतीले बताए । 

समग्रतामा चौतर्फीरुपमा वन क्षेत्रको संरक्षण र प्रवद्र्धनबाट तराईका जमिनलाई उत्पादनशील बनाउन, चुरे पहाडलाई संरक्षण हुनेमा यस क्षेत्रका जनता आशावादी बनेको छन् । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ