- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
एजेन्सी । सलमान खानको पछिल्लो चलचित्र 'ट्यूबलाइट' ले बक्स अफिसमा राम्रो कमाइ गर्न सकेन । सलमानको यो चलचित्रमा बजारबाट धेरै पैसा लगाइएको थियो तर चलचित्र सिनेमा घरमा फल्प भयो । चलचित्रबाट वितरकलाई ठुलै नोक्सान भयो ।
यसैबीच सलमानले आफ्नो प्रतिबद्धता पुरा गर्दै वितरकलाई भएको नोक्सानको भरपाई गरेका छन् । सलमानले नोक्सानको ५० प्रतिशत हिस्सा वितरकलाई दिएका हुन् । वितरक टोलिका प्रमुख नरेन्द्र हिरावतले ट्यूबलाइटलाई १ सय ३० करोड रुपैयामा किनेका थिए । नरेन्द्रसँग सोहि विषयमा सलमानसँग भेट गरेका छन् ।
निर्देशक कबीर खान र सलमान खानको सुपरहिट जोडिको सो चलचित्र ब्लकबस्टर हुने आशा गरिएको थियो । तर चलचित्र कमजोर सुरुवात मात्र नभएर चलचित्र बक्स अफिसमा १ सय ५० करोडको आकडा सम्म पुग्न सकेन । यसले कयौ वितरकलाई भारी नोक्सान भयो । वितरकले चलचित्रलाई ठुलो रकम दिएर किनेका थिए । सलमानको परिवारले वितरकलाई ५० प्रतिशत रकम फिर्ता गर्ने निर्णय गरेको थियो ।