arrow

मधेसी मोर्चाले कार्यकर्तालाई वृत्तचित्र देखाउने

logo
प्रकाशित २०७२ पुष २५ शनिबार
morcha-.jpg.jpeg
काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नयाँ आन्दोलनको घोषणा गरेको छ । मोर्चाको पौष २२ देखि २४ गतेसम्म राजधानीमा सम्पन्न बैठकले विभिन्न आन्दोलनको घोषणा गरेको हो ।

मोर्चाले शनिवार राजधानीमा पत्रकार सम्मेलन गर्दै ६ वटा आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । घोषित आन्दोलन अनुसार मोर्चाले सम्मेलनमा जारी विज्ञप्ति अनुसार पौष २८ गते मंगलबार प्रत्येक जिल्ला सदरमुकाममा विशाल जुलुस प्रदर्शन र विरोधसभा गर्ने, पौष ३० गते जिल्ला सदरमुकाम तथा प्रमुख शहरहरुमा आन्दोलनका क्रममा सरकारद्वारा गरिएका दमन सम्बन्धी फोटो, चित्र तथा वृत्तचित्र प्रदर्शन गर्ने, माघ २ गते जिल्ला सदरमुकाममा लाठी जुलुस प्रदर्शन एवं सभा गर्नेछ ।

यस्तै माघ ४ गते जिल्ला सदरमुकाममा भेला भई विशाल मसाल जुलुस प्रदर्शन एवं सभा गर्ने, माघ ५ गते जिल्ला सदरमुकाममा मधेश आन्दोलनका बेला सहादत प्राप्त गरेकाहरु प्रति श्रद्धाञ्जली दिँदै बलिदानी दिवस मनाउने र माघ ७ गते पनि गाउँ, नगर र क्षेत्रहरुको चोक चौराहमा विरोध सभा गर्ने जनाएको छ ।

विज्ञप्तिमा हालसम्म २५ भन्दा बढी पटक वार्ता गरे पनि सरकार गम्भीर नभएकाले वार्ता र संवादबाट मधेसी, आदिवासी जनजाति, थारु, मुस्लिम, दलितलगायतका सीमान्तकृत समुदायहरुका मुद्धाहरुको सम्बोधन प्रति स्पष्ट दृष्टिकोण अभावले गर्दा वार्ता परिणाममुखी हुन नसकेको ठहर गरेको उल्लेख छ ।

मोर्चामा आबद्ध दलहरु संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण र तराई मधेश सद्भावना पार्टी नेपालका अध्यक्ष महेन्द्र राय यादवद्वारा हस्ताक्षरीत विज्ञप्तिमा आन्दोलनलाई समर्थन गरेको बहानामा मधेशका सञ्चारमाध्यम र सरकारी कर्मचारीहरुमाथि कारवाहीको प्रक्रिया चलाई दमन गर्ने कार्यप्रति निन्दा गर्दै त्यस्ता काम रोक्नसमेत माग माग गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ