arrow

काठमाडौं शंखमुलमा चितुवा घरमा; घरमुली बाहिर

logo
प्रकाशित २०७२ पुष २५ शनिबार
leopard-01.jpg.jpeg

काठमाडौं। राजधानीको शंखमुल र नयाँबानेश्वर बिचमा रहेको हेमराज भण्डारीको घरमा चितुवा पसेपछि घरमुली भण्डारी भने घरबाहिर परेका छन्। भण्डारीको घरमा चितुवा पसेपछि उनी हारगुहार गर्दै प्रहरीकहाँ पुगेका छन्। बिहान जनता बैंक परिसरमा देखिएको चितुवा घरमा प्रवेश गरेपछि भण्डारी परिवार र छिमेकीसमेत भागभाग चलेको हो।

त्यसपछि भण्डारी सहितका स्थानीयले  चितुवा शौचालयमा बसिरहेको देखेपछि प्रहरीलाई खबर गरिएको थियो । इन्स्पेक्टर हरिबहादुर बस्नेतले शौचालयको ढोका लगाएर चितुवालाई थुने र झण्डै ३ घन्टापछि लठ्याउने इन्जेक्सन लगाएर चितुवा नियन्त्रणमा लिइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ