arrow

ओलीले प्रचण्डलाई भने-माओवादी जमिनदार

रुखमा पात अडिन जीवन चाहिन्छ, माओवादीमा जीवन छैन

logo
प्रकाशित २०७४ साउन २६ बिहिबार
Kp-oli-speaking-11017716.jpeg

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रबारे टिप्पणी गरेका छन् । विहिबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा नेता कार्यकर्ता प्रवेश गराउँदै अध्यक्ष ओलीले माओवादी पार्टीमा अब केही पनि बाँकी नरहेको र केन्द्रमात्रै बाँकी रहेको टिप्पणी गरेका हुन् ।

उनले भने, ‘अब माओवादीमा केन्द्रमात्रै छ, अरु केही पनि बाँकी छैन ।’ काँग्रेस–माओवादीको गठबन्धनप्रति कटाक्ष गर्दै ओलीले भनेका छन्, ‘रुखमा पात अडिनका लागि जीवन आवश्यक पर्छ । माओवादीभित्र जीवन छैन । अब पातहरु झर्दै जान्छन् ।’

पुष्पकमल दाहालप्रति संकेत गर्दै ओलीले माओवादी पार्टीमा २०५५ सालदेखि एउटै नेताको जमिनदारी चलेको ओलीले बताए । दाहाले अहिलेसम्म एकलौटी नेतृत्व गरिरहेको भन्दै ओलीले यो जमिनदारी हो, भनेका हुन्  ।

सचिवालय बैठक
एमाले केन्द्रीय सचिवालयको बैठकले २ नम्बर प्रदेशका  ८ वटै जिल्लाका स्थानीय तहको निर्वाचनको तयारीबारे रिपोर्ट पेश गरेको छ ।

महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकमा प्रदेश नम्बर २ मा खटिएका केन्द्रीय पदाधिकारीहरुले बनाएको  रिपोर्ट पेश भएको हो ।

दुई नम्बर प्रदेशमा एमालेको पक्षमा परिस्थिति सकारात्मक बन्दै गएको, पार्टीपंक्ति उत्साहजनक ढंगले परिचालित भएको, भेला, बैठक, छलफल, अन्तक्र्रियालगायतका गतिविधिहरु तीब्र ढंगले अगाडि बढिरहेको, एमालेको विजयको लागि पार्टी पंक्ति एकताबद्ध भएर संकल्प गरिरहेको रिपोर्टमा उल्लेख छ ।

बैठकले पार्टीका केन्द्रीय नेताहरु, सांसदहरु, अन्य प्रदेशमा जितेका स्थानीय जनप्रतिनिधिहरु, मोर्चा संगठनका नेतालगायतलाई २ नम्बर प्रदेशको निर्वाचनमा खटाउने निर्णय गरेको छ । २ नम्बर प्रदेशका सबै पार्टी कमिटी, जनसंगठन र पार्टी कार्यकर्ता र सदस्यहरुलाई उच्च मनोबल र आत्मविश्वासका साथ निर्वाचनको तयारीमा जुट्न बैठकले निर्देशन दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ