arrow

भ्रमण सफल पार्न दुवै देशबाट आवश्यक तयारीका लागि आग्रह

logo
प्रकाशित २०७४ साउन २६ बिहिबार
susma_swaraj.JPG

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेकी  भारतका विदेशमन्त्री सुष्मा स्वराजले बिहिबार शिष्टाचार भेटवार्ता गरेकी छन् ।  

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा नेपाल–भारत सम्बन्ध, द्विपक्षीय हित र सहयोगका विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराईले जानकारी दिए । सो अवसरमा उनिहरुबीच आगामी भदौ ७ गतेदेखि हुने प्रधानमन्त्री देउवाको भारत भ्रमणका विषयमा समेत छलफल भएको थियो ।
 
परराष्ट्र सल्लाहकार डा भट्टराईले भने, “प्रधानमन्त्रीज्यूलाई भारतीय विदेशमन्त्रीले हामी तपाईंलाई भारतमा स्वागतका लागि प्रतीक्षारत छौँ, भ्रमण सफल पार्न दुवै देशले आवश्यक तयारी गरौँ भन्नुभयो ।” बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को मन्त्रिस्तरीय बैठकमा भाग लिन भारतीय विदेशमन्त्री स्वराज बिहीबार नेपाल आएकी हुन् । । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ