arrow

डा केसी अनसनका १३६ दिन, सरकारसंग ३६ कै आँकडा 

logo
प्रकाशित २०७४ साउन २७ शुक्रबार
dr-kc.jpeg

काठमाडौं । माग एउटै– ‘गुणस्तरीय चिकित्सा शिक्षा र सेवा आम नेपालीको पहुँचमा पुगोस् ।’ तर त्यत्तिका लागि प्राडा गोविन्द केसीले ११ पटक गरी १ सय ३६ दिन आमरण अनशन बसिसकेका छन् । 

२०६९ असार २१ गते बाबुराम भट्टराई नेतृत्वको सरकारका पालामा सुरु भएको उनको अनशन खिलराज रेग्मी, सुशील कोइराला, केपी ओली, पुष्पकमल दाहाल हुँदै शेरबहादुर देउवासम्म आइपुगेको छ । 

प्रमुख तीन दलदेखि न्यायालयका प्रमुखका हरेक सरकारका पालामा सम्झौता भए तर चाँडै उल्लंघन गरिए । पछिल्लो ११ औं अनशन बिहीबार १८ औं दिन पुगेको छ । 

माग पूरा हुने वातावरण अझै बनेको छैन । अनशनका शृंखलासँगै यसका दिनहरूसमेत बढदै गएका छन् । बुद्धिजीवीहरूले सरकार ‘थेत्तरो’ हुँदै गएको र त्यसको परिणामस्वरूप केसीको जीवन जोखिममा पुगेको बताउन थालेका छन् । 

अघिल्लो दसौं सत्याग्रहमा उनी हालसम्मकै बढी अर्थात् २२ दिन अनशन बस्नुपरेको थियो ।

डा केसीको पहिलोदेखि चौथो अनशनसम्मको प्रमुख माग वरिष्ठताका आधारमा चिकित्साशास्त्र अध्ययन संस्थानमा डिन नियुक्ति थियो । 

त्यसताका संस्थानमा राजनीतिक भागबन्डाका आधारमा डिनलगायत पदाधिकारी नियुक्ति हुन्थे । उनीहरूले जनहितमा काम नगरी आफ्नो राजनीतिक स्वार्थमा काम गर्दा संस्थानको अवस्था दिनदिनै खस्किँदै गएको डा केसी बताउँथे । 

उनको आन्दोलनकै कारण संस्थानमा डिन नियुक्ति वरिष्ठता र स्वच्छताका आधारमा नियुक्त गर्न थालियो । बीच–बीचमा उल्लंघन गरिँदा त्यो माग अझै कायम छ । (कान्तिपुर दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ