arrow

नेपाल रेयुकाईको सप्ताहव्यापी पहिलो बार्षिकोत्सव

logo
प्रकाशित २०७४ साउन २७ शुक्रबार
reiyukei.jpg

काठमाडौं । नेपालमा नयाँ स्थापना भएको नेपाल रेयुकाईको पहिलो बार्षिकोत्सवका अवसरमा सप्तहव्यापी कार्यक्रमहरुको आयोजना गरिएको छ ।

रेयुकाईका नाममा खुलेका कतिपय शाखाहरुले गलत क्रियाकलाप गरेको भन्दै कैलाशविक्रम शाहीको नेतृत्वमा गत बर्ष नयाँ शाखाको रुपमा नेपाल रेयुकाई स्थापना भएको हो । 

यत साउन २५ गते सुरु भएको बार्षिकोत्सवक सप्ताह विभिन्न सामाजिक तथा व्यक्तित्व विकास संवन्धी कार्यक्रमका साथ ३१ गते सकिने प्रकाशन तथा प्रचार समितिका संयोजक देवराज भण्डारीले जानकारी दिए । 

ललितपुर उपमहानगरपालिकाकी उपप्रमुख गीता सत्यालले सप्ताहको उद्घाटन गर्दै आध्यात्मीक चेतनाको विकासबाट नै भौतिक विकासमा सहयोग पुग्ने भएकाले यस्ता पवित्रसंस्थाहरुको आवश्यकता अझ बढ्दै गएको बताइन् । 

सप्ताह अन्तर्गत दोस्रो दिन आयोजना गरिएको बालचित्रकला प्रतियोगितामा झण्डै ७० जना बालबालिका सहभागी भएका थिए भने तेस्रो दिन सयौं जनाको सहभागीतामा योग शिविर सम्पन्न भएको छ । 

सप्ताह अन्तर्गत चौथो दिन साउन २८ गते विचारगोष्ठी, २९ गते फलफुल वितरण, ३० गते रक्तदान र ३१ गते बार्षिकोत्सवक विषेश समारोह तथा सप्ताहव्यापी कार्यक्रमको समापन गरिने प्रचार संयोजक भण्डारीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ