arrow

जिल्ला समन्वय समिति बाजुरामा कांग्रेसको प्यानल विजयी

logo
देबेन्द्र नाथ,
प्रकाशित २०७४ साउन २७ शुक्रबार
Narendra_Rokaya.jpg

बाजुरा । जिल्ला समन्वय समिति(जिसस) बाजुरामा नेपाली कांग्रेसको सिंगो प्यानल विजयी भएको छ । बाजुराका ९ वटा स्थानिय तह मध्ये ६ वटा स्थानिय तह जितेको कांग्रेसले जिल्ला समन्वय समितिमा पनि एकलौटी विजय प्राप्त गरेको छ । जिल्ला समन्वय समितिको संयोजकमा नेपाली कांग्रेस बाजुराका सहसचिव नरेन्द्र कुमार रोकाया लगायत प्यानल नै विजय भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराका सुचना अधिकारी धर्मराज जोशीले जानकारी दिएका छन्  ।

 विहान ८ बजे देखि ११ बजे सम्म उम्मेदवारीको समय निर्धारण गरेको थियो । उक्त समयमा नेपाली कांग्रेस बाहेक अन्य दल कसैले पनि उम्मेदवारी दर्ता नगरेपछि संयोजक लगायत नेपाली कांग्रेसका ९ वटै उम्मेदवार निर्विरोध निर्वाचित भएको बताईएको छ । यद्येपी आधिकारीक घोषणा शनिवार हुने भएको छ ।

 निर्वाचित हुनेमा संयोजकमा नरेन्द्र कुमार रोकाया,उपसंयोजकमा सुनिता सुनार,दलित सदस्यमा धन बहादुर सार्की,खुला सदस्यमा दलबीर बुढथापा,मोहनसिंह कार्की,जय बहादुर साउँद यसैगरी महिला सदस्यमा पार्वती शाह,धनी थापा र दलित महिला सदस्यमा अषाढी मिजार रहेका छन् ।  जिल्लाका ९ वटा स्थानिय तहबाट जिल्ला समन्वय समितिका लागी १८ जना मतदाता रहेका छन् । जसमा नेपाली कांग्रेसका ११ र नेकपा एमालेका ७ जना रहेका छन् ।

 नेकपा एमालेले आफनो हार निश्चित हुने पूर्वानुमान गदै उम्मेदवारी नदिएको एमालेको एक श्रोतले बताएको छ । जिल्ला समन्वय समितिको संयोजक ३८ बर्षिय रोकाया अविबाहित हुन भने उपसंयोजक सुनार दलित महिला हुन् । नेपाली कांग्रेसले स्वामिकार्तिक गाउँपालिका र पाण्डवगुफा गाउँपालिका बाहेक ६ वटा स्थानिय तहमा कांग्रेसले जीतेको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ