arrow

कांग्रेसका संगठन विभाग प्रमुख सहित २८ जनाले दिए सामुहिक राजिनामा

logo
देबेन्द्र नाथ,
प्रकाशित २०७४ साउन २७ शुक्रबार
nepali-congress-flag.jpg.jpeg

बाजुरा । नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य एबं संगठन विभाग प्रमुख धनराज पण्डित लगायत २८ जनाले बिहिबार  पार्टी सभापति कविराज पण्डित समक्ष सामुहिक राजीनामा दिएका छन् ।

नेपाली कांग्रेस बाजुराका उपल्लो स्तरका नेताको मनोमानीमा टिकट वितरण गरेको र पार्टी नीति विचार भन्दा पनि ब्यक्तीवादी चरित्र हावी रहेको भन्दै पदबाट राजिनामा दिएका छन् । नेपाली काँग्रेस महाधिबेशन प्रतिनीधि राधिका सिंह, ५ जना काँग्रस  जिल्ला कार्य समिति सदस्य लगायत नेविसंघ अध्यक्ष दिलवहादुर थापा,महिला संघ अध्यक्ष अमृता सिंह,तरुणदल सचिव हिरेन्द्र रोकाया,बडिमालिका नगरकार्य समिति कार्यवहाक सभापति धनलाल पाध्याय लगायतकाले बिहिबार विहान राजीनामा गदै बिहिवार दिउसो पत्रकार सम्मलेन गरी सार्वजनिक गरेका थिए । ९ वटा स्थानीय तहका ४ नगरपालिका सहित ६ वटा स्थानिय तहमा नेपाली काँग्रेसले जितेको थियो भने ३ वटा गाउँपालिकमा नेकपा एमालेले जितेको थियो ।

 जितको उन्मादमा पार्टीका नेताहरुले  कांग्रेस भातृ संगठन,सुभेच्छुक संगठन र जिल्ला कार्यसमितिको एक बैठक सम्म नबोलाएर आफु अनुकुलका मान्छेलाई टिकट दिएको  आरोप उनीहरुले लगाएका छन् । गाउँ तथा नगरपालिका बाट सिफारिस भएर आएकाब् यक्तीलाई नदिएको तर नेताका गोजीका मान्छेलाई टिकट दिएकाले पाटीको नीति  र पद्धती विपिरित गएको भन्दै पदवाट राजिनामा दिएको तरुणदल सचिव हिरेन्द्र रोकायाले बताए ।

 हामी पार्टीको क्रियाशिल सदस्य रहिरहन्छौं तर,पदमा बस्दैनौं नेताहरुले जब सम्म पार्टी पद्धती अनुसार चल्दैनन् तब सम्म हाम्रो दबाब जारी रहेनेछ   नगर सचिव गणेश थापाले बताए । नेपाली काँग्रेसकी संर्घशील महिला बेलुदेबी साउँदले आफुले उपसंयोजक पाउनुपर्ने दाबी गरेको र पार्टीका अधिकांश  नेताहरुले बेलु साँउदलार्ई टिकट दिन भनेका थिए । यद्येपी एक ब्यक्तीका कारण बेलु यस पटक पनि चिप्लिएकी हुन ।

यस अघिपनि पार्टीको महाधिबेशन प्रतिनीधि, त्रिबेणी नगरपालिकाको उपमेयर उम्मेदवारवाट पनि हारेका थिए ।“सबैलाई सन्तृष्ट पार्न सकिएन कतिपय मेरा छुटे होलान् कतिपय अर्काका  छुटे । दुःख नमानी सबैले आआफ्नो क्षेत्रबाट सहयोग गर्न पार्टी नेता एवं पूर्व सांसद देबराज जोशीले अनुरोध गरेका छन् । ।” एक व्यक्तिको लिडे ढिपी  र धम्कीका कारण   योग्य व्यक्ति छुटाउन नहुने कुरा  हो नेता जोशीले स्वीकारे ।

 जिल्ला समन्वय समितिमा पठाईएका ९ जना प्रति कुनै बिरोध नभई नेताहरुको कार्यशैली र मनोमानी बिरुद्ध राजीनामा दिएको नेपाल दलित संघ केन्द्रिय सदस्य बीर बहादुर बि.क.ले बताए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ