arrow

काठमाडौं–तराई द्रूत मार्ग नेपाली सेनालाई हस्तान्तरण

logo
प्रकाशित २०७४ साउन २७ शुक्रबार
army_12.jpg

काठमाडौं । राष्ट्रिय गौरवको उच्च प्राथमिकता प्राप्त काठमाण्डौं–तराई÷मधेश दु्रतमार्ग सडक आयोजना सरकारले नेपाली सेनालाई हस्तान्तरण गरेको छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माण सम्पन्न गर्न भनी मन्त्रिपरिषद्ले गत बैशाख २१ गते निर्णय गरेको थियो । 

सो निर्णय बमोजिम शुक्रबार जंगी अड्डामा आयोजित एक संक्षिप्त कार्यक्रममा नेपाली सेनाका तर्फबाट इन्जिनियरिङ विभाग तथा आयोजना प्रमुख योगेन्द्र बहादुर खाँण र सडक विभाग मातहत तत्कालिन आयोजना प्रमुख सत्येन्द्र शाक्यबीच बुझबुझारथ भई काठमाण्डौं–तराई÷मधेश दु्रतमार्ग सडक आयोजना नेपाली सेनालाई हस्तान्तरण गर्ने कार्यक्रम सम्पन्न भएको नेपाली सेनाले जनाएको छ । 

उक्त आयोजना हस्तान्तरण कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव सरोज प्रधान तथा नेपाली सेनाका तर्पmबाट आयोजनामा खट्टिएका अन्य रथीबृन्द एवं अधिकृतहरुको उपस्थिति रहेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ