arrow

हिन्द महासागरमा भारतसँग मित्रता चाहन्छ चीन

चीनले अफ्रिकी राष्ट्र जिमुटीमा सैन्य पोत खडा गरेको छ

logo
प्रकाशित २०७४ साउन २७ शुक्रबार
china_navy.JPG

एजेन्सी । चीनले हिन्द महासागरमा भारतीय नौसेनासँग मित्रता चाहेको बताएको छ । चिनियाँ नौसैनाले शुक्रवार भारतीय मीडियालाई आफ्नो युद्धपोत देखाउदै  तैनाथ हतियारबारे जानकारी दिएको हो । दुवै देशबीच डोकलनम विवाद चल्दै गर्दा  चिनियाँ नौसेनाले भारतीय मीडियालाई बोलाएको  यो पहिलो घटना हो ।सो स्थानमा दुवै देशका सेना आमने-सामने रहेका छन् ।

 भारतले कयौ पटक हिन्द महासागरमा चीनियाँ नौसेनाको बढ्दो उपस्थितिमाथि प्रश्न उठाउदै आएको छ ।  युद्धपोत चीनको क्षेत्र कोस्टल सिटी झांगजियांग साउथ सी फ्लीटमा देखाइएको हो ।


सो अवसरमा युद्धपोतका क्याप्टेन लियांग तियानजुनले भारतीय मिडियालाई प्रश्नको उत्तर दिएका छन् । क्याप्टेन लियांगले भने , “हिन्द महासागर अन्तर्राष्ट्रिय समुदायका लागि सार्वजनीक स्थल हो । मलाई लाग्छ भारत र चीन सो स्थानको सुरक्षाको बिषयमा एक हुनुपर्छ ।”  साथै क्याप्टेनले युद्धपोतमा रहेका  हतियार, फाइटर जेट्स, सबमरीन्स र मीडियम रेन्ज मिसाइको बारे पनि जानकारी दिए ।
 
हिन्द महासागरमा चीनका पनडुब्बीको उपस्थित बारे लियांगले भने - 'हामि एन्टि पाइरेसीको लागि सैन्य संचालनमा समर्थन दिन चाहान्छौ । यस बाहेक यूएनको शान्ति स्थापना र राहत नियोगमा  मद्दत गर्न चाहान्छौ । हिन्द महासागरमा तैनाथ चीनका सैनिकलाई यहाँ आराम मिलोस यस बारे पनि प्रयत्नन गर्दैछौ । त्यसैले अफ्रिकी राष्ट्र जिमुटीमा सैन्य पोत बनाएका हौ ।'

न्यूज एजेन्सीले भने चीनको तर्कलाई नकार्दै चीनले आफ्नो क्षेत्र भन्दा बाहिर पहिलो पटक सैनिक पोत अफ्रीकामा किन बनायो जबकी साउथ चाइना सीलाई लिएर कयौ देशबीच विवाद चलिरहेको अवस्था छ भन्ने प्रश्न गरेको छ ।

बिज्ञका अनुसार उक्त सैनीक पोतको उदेश्य  चीनको आर्थिक र राजनितिक आवश्यता पुरा गर्नु हो ।

लियांगले दोक्लाम विषयमा भने - चीनका सेना सधै रक्षात्मक प्रकृतिका रहेका छन् ।  र हामि कुनै देशको सीमामा घुसपैठ गर्दैनौ र कुनै पनि देशलाई हाम्रो क्षेत्रमा पनि घुस्ने अनुमति दिदैनौ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ