arrow

देवेन्द्र पौडेलसहितका १५ नेतामाथि बाबुरामको उर्दी 'तपाईँहरुले खोजेको के हो ? स्पष्ट पार्नूस्' 

logo
प्रकाशित २०७४ साउन २७ शुक्रबार
devendra_paudel.jpg

काठमाडौं । नयाँ शक्ति पार्टीका नेता देवेन्द्र पौडेल लगायतका १५ नेताहरु कारबाहीमा परेका छन् । उनीहरुलाई पार्टीले फरक विचार बोक्दै पत्रकार सम्मेलन गरेको विषयलाई लिएर स्पष्टिकरण सोधेको हो । संयोजक डा. बाबुराम भट्टराईले शुक्रबार जारी गरेको विज्ञप्तीमा 'उहाँहरुले चाहेको के हो २४ घण्टाभित्र प्रष्ट गर्न स्पष्टीकरणपत्र समेत पठाइएको छ ।' भनिएको छ । 

वाम–लोकतान्त्रिक मार्गबाट ‘समुन्नत समाजवाद’ हासिल गर्ने यसको प्रष्ट राजनीतिक उद्देश्य माथि विश्वास गरेर यसमा सक्रिय रहेका नेताहरुले पार्टीको महाधिवेशनपछिको सर्वोच्च निकाय संघीय परिषदको तेस्रो बैठक मा कुनैपनि विमती नराखी अन्तमा बरु प्रस्तावमाथि उल्टै समर्थन जनाएको भएपनि पछि बैठक सम्पन्न भईसकेपछि फरक विचार सहित पत्रकार सम्मेलन गरिएको आरोप भट्टराईले लगाएका छन् । 

डा भट्टराईले तेस्रो संघीय परिषद बैठकको भावना र निर्णयको प्रकाशमा प्रतिवेदनलाई परिमार्जन गर्ने, पार्टी कार्यनीति र कार्यदिशालाई अझ प्रष्ट गर्ने, पार्टीको संगठनात्मक पुनर्गठन गर्ने आन्तरिक गृहकार्य भइरहेका वेला किन र कुन उद्देश्यले त्यस्तो पत्रकार सम्मेलन गर्नु परेको हो ? पार्टीभित्रै आफ्ना कुरा भन्ने पूर्ण लोकतान्त्रिक अधिकार हुँदाहुँदै किन त्यस्तो गर्नु पर्‍यो ? भन्ने गम्भीर प्रश्न उठेको पनि विज्ञप्तीमा उल्लेख गरेका छन्।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ