arrow

रेडक्रसबाट  ६ हजार ५ सय ६७ जना व्यक्तिले पहिलो किस्ता वापतको रकम प्राप्त

logo
प्रकाशित २०७४ साउन २७ शुक्रबार
redcross.jpg

काठमाडौं। नेपाल रेडक्रस सोसाईटीले आफ्नो लक्षित भूकम्प प्रतिकार्य कार्यक्रमअनुसार निजी आवास निर्माणमा ६ हजार ५ सय ६७ जना अर्थात ९३ दशमलव ८१ प्रतिशत व्यक्तिले पहिलो किस्ता वापतको रकम प्राप्त गरेको जनाएको छ। लक्षित कार्यक्रम अन्तर्गत खानेपानी सरसफाई तथा स्वच्छतामा ४१.१२%, स्वास्थ्यमा ८४.०७%, जीविकोपार्जनमा ५२.६४% लक्ष्य अनुसार प्रगति भइसकेको पनि रेडक्रसले जनाएको छ । 

२०७२ साल वैशाख १२ गतेको भूकम्प र त्यसपछि लगातारको पराकम्पनबाट ठुलो धनजनको क्षति भएका १४ वटा जिल्लामा भूकम्प प्रतिकार्य (Earthquake Response Operation)का गतिविधि सञ्चालन भइरहेको रेडक्रसले जनाएको छ। अभियानलाई रेडक्रस तथा रेडक्रिसेण्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासंघ (IFRC)तथा अन्य साझेदार राष्ट्रिय सोसाइटीले साथ दिएका छन् । 

विपन्न तथा सकंटासन्न अवस्थामा रहेका समुदायलाई मानवीय सहायता उपलव्ध गराई पूर्ववत सुरक्षित अवस्थामा पुर्‍याई भविष्यमा आइपर्ने बिपद्को सामना गर्नका लागि समुदायको क्षमता विकास गर्ने भूकम्प प्रतिकार्यको मुख्य उद्देश्य रहेको रेडक्रसले जनाएको छ। 

भूकम्प प्रतिकार्य अन्तर्गत मुख्य रुपमा आवास, खानेपानी, सरसफाई तथा स्वच्छता, स्वास्थ्य, जीविकोपार्जन लगायतका गतिविधी रहेका छन्। यसका अतिरिक्त नेपाल रेडक्रस सोसाइटीको सस्थांगत क्षमता विकास जस्ता गतिविधि समेत सोसाइटीले गर्दै आएको छ । 

रेडक्रसले आफ्ना गतिविधि सञ्चालन गर्दा सकंटापन्न (vulnerable)समुदायलाई केन्द्रमा राखि निम्नानुसार  सामुदायिक संलग्नता र जवाफदेहिता,  बिपद् जोखिम न्यूनिकरण,  लैङ्गिक समानता र सामाजीक समावेशीकरण,  बाल संरक्षण,  अपागंता भएका ब्यक्तिहरुलाई सहयोग,  हिंसा रोकथाम,  लाभान्वित समुहसँग सञ्चार,  अल्पसख्यंक समुदायको पक्षमा बिशेष ध्यान पुर्‍याउँदै आएको छ।

समुदायका आवश्यकतालाई जहिले पनि प्राथमिकतामा राखेर अगाडी बढ्दै आएको नेपाल रेडक्रस सोसाइटीले आफूले सञ्चालन गरेका विविध गतिविधिका बारेमा जिज्ञासा, सुझाव, सल्लाह र गुनासा भएमा सान्दर्भिक सुझाव दिनका लागि विभिन्न माध्यमहरुको व्यवस्था पनि गरेको जनाएको छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ