arrow

संशोधनबाटै मुलुकको निकास निस्कन्छ : प्रचण्ड

दाङको विमान स्थल नियमीत गर्न प्रतिवद्ध छौं

logo
प्रकाशित २०७२ पुष २५ शनिबार
prachanda.jpg.jpeg
शरद रेग्मी,  दाङ। एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हाल देशमा देखिएको गतिरोध छिट्टै अत्यहुने उदघोष गनुभएको छ । दाङको तुलसीपुरमा विमान स्थलमा तुलसीपुर उद्योग वाणिज्य संघले आयोजना गरिएको कार्यक्रममा बोल्दै उहाँले गतिरोध अत्यका लागि  संबिधान संशोधन हुन लागेको बताउनु भयो । त्यसैगरी उहाँले संसदमा दर्ता भएका संशोधन प्रस्ताबबाट मधेस तथा थारु समुदायका उचीत माग सम्बोधन हुने भएकाले अब मुलुकले निकास पाउने दाबी गर्नुभयो ।
 
उहाले संशोधन प्रस्ताबबाट माग सम्बोधन भए लगतै ईन्धन आपुर्तिमा सहजता हुने समेत दाबी गर्नुभयो । पुर्ब प्रधानमन्त्रि प्रचण्डले दाङको एकमात्र हवाई सेवा नियमीत हुन नसकेको प्रति चिन्ता ब्यक्त गर्नुभयो । उहाले हवाई सेवाका लागि नेपालगञ्जको राझाबाट आवत जावत गर्नु यो बाध्यतालाई हटाउन आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा साथमै रहनुभएका नेता नारायणकाजी श्रेष्ठ र पुर्ब पर्यटन तथा नागरिक उड्यान मन्त्रि लोकेन्द्र बिष्ठ मगर तर्फ ईङगीत गर्दै पार्टी शिर्ष नेतृत्व यो कार्यक्रममा भएकाले पनि अब सामुहीक रुपमा पहल गर्ने बताउनुभयो ।
 
तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिमल रिजालको अध्यक्षतामा भएको कार्यक्रममा रिजालले विगत २०१६ सालमा स्थापना भएको विमान स्थलको  धवान मार्ग बिस्तार,नियमीत हवाई सेवा,ईन्धन डिपो लगायतको माग सहितको ५ बुदेँ ज्ञापन पत्र बुझाउनुभएको थियो । तुलसीपुर उद्योग बाणिज्य संघले नियमीत हवाई उडान र ईन्धन डिपो सञ्चालन लगायतका बिभिन्न माग सहितको ज्ञापन पत्र तुलसीपुर नगरीमा प्रबेश गर्ने,नेपाल सरकारका नेतृत्व, राजनीतिक नेतृत्व र उच्च अधिकारीलाई बुझाउदै आएको छ । कार्यक्रमको सहजीकरण संघका प्रेस सल्लाहकार शरद रेग्मीले गर्नुभएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ