arrow

पूरै जलमग्न बनेपछि पूर्वका दुई जिल्लामा प्रहरीले क्षतिको विवरण संकलन समेत गर्न सकेन

logo
कुमोद अधिकारी,
प्रकाशित २०७४ साउन २८ शनिबार
biratnagar_duban.jpg

विराटनगर। गएरातीदेखि भइरहेको निरन्तर वर्षाका कारण विराटनगर महानगरपालिकाक्षेत्रका हजारौ घर डुुवानमा परेका छन्। वर्षापछि पानीको निकास नहुुँदा नहुँदा महानगरपालिकाका प्रायः सवै वडा डुवानमा परेको मोरङ प्रहरीले जनाएको छ। 

वर्षा कारण कतिपय घरमा तीन फिटसम्म पानी जमेको छ। वर्षाका कारण पानी पसेपछि सर्वसाधारणहरु विद्यालय तथा सरकारी कार्यालयहरु बस्न वाध्य भएका छन् । विराटनगरका सवै सडकहरुमा पानी जमेपछी यातायातका साधन संचालनमा समेत समस्या भएको छ । विराटनगर स्थित सिँगिया खोलाको बाढी पपछी आसपास क्षेत्रका घरहरु डुुवानमा परेको प्रहरीले जनाएको छ । डुुवानमा परेकाहरुलाई सुरक्षित स्थानमा लैजाने काम भइरहेको प्रहरीले जनाएको छ। 

रातभरी परेको भिषणवर्षाका कारण मोरङ जिल्ला लगायत पुुर्वी तराईका जिल्लामा आएको वाढिका कारण जनजिवन प्रभावित भएको छ। वर्षा कारण वक्राहा, चिसांङ, लोहन्द्रा, वुुढि, केसलिया खोलाहरुमा आएको बाढी गाउमा पसेपछि सयौँ परिवार विस्थापित भएका छन् भने पशु चौपायाहरु खोलाले वगाएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ। 

बाढीका कारण हजारौँ विघा जमिन जलमग्न भएको छभने कतिपय स्थानमा कटान समेत हुुन थालेको छ। रातभरी पानी परेकाले तराईका प्राय सवैखोलाहरुमा बाढी आएको कतिपय खोलाहरु गाउँमा पसेपछि सर्वसाधारणहरु विस्थापित भएको प्रहरीले जनाएको छ। वर्षाका कारण सुनसरीको इटहरी स्थित टेंग्रा खोलाको बाढी वजारक्षेत्रमा प्रवेश गरेको प्रहरीले जनाएको छ।

यसैगरी बुढीखोलाको बाढी गाउँमा पसेपछि सो क्षेत्रका सिंगो गाउँ नै जोखिममा परेको प्रहरीले जनाएको छ। राती एकबजेदेखि विभिन्न खोलाहरुमा बाढी आउन थालेको हो। बुढी खोलामा आएको वाढिका कारण मानबी क्षती हुुन सक्ने प्रहरीले आशंका गरेको छ। सवैतिर बाढी गाउँमा पसेकाले उद्धारका लागि ठुुलो संख्यामा सुुरक्षाकर्मी परिचालन भएका छन्। नेपाली सेन, नेपाल प्रहरी तथा सशत्र प्रहरी उद्धारका लागि बाढी प्रभावित क्षेत्रमा पुुगिसकेका छन्। अहिलेपनि निरन्तर वर्षा भइरहेकाले क्षतिको विवरण संकलनमा समस्या भएको प्रहरीले जनाएको छ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ