arrow

रेखाले दिईन् पाखुरा खियाउनु पर्ने सल्लाह

हामी उठ्ने छौं फाउण्डेसनले बनाइदियाे विद्यालय

logo
प्रकाशित २०७२ पुष २५ शनिबार
Thapa-Rekha.jpg.jpeg.jpeg
काठमाडौं । भूकम्पले भत्काएको सिन्धुपाल्चोक कर्थली–७ पोखरेस्थित श्री ईश्वरीमाला प्रावि ‘हामी उठ्ने छौं फाउण्डेसन’ ले निर्माण सम्पन्न गरी विद्यालय ब्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ । गत बैशाख १२ र २९ गते गएको भूकम्पले भत्किएको उक्त विद्यालय भवनलाई नयाँ संरचनामा निर्माण गरिएको हो । शुक्रबार आयोजित एक समारोह बीच अभिनेत्री एवं निर्मात्री रेखा थापाले उक्त भवनको उद्घाटन गरेकी हुन् उक्त समारोहमा हाँस्यकलाकार जितु नेपालको पनि उपस्थिती रहेको थियो ।

२१ लाख ५ हजार लागतमा निर्माण गरिएको उक्त भवनमा कक्षा कोठाका साथै विद्यालयको कार्यालय र शौचालय समेत रहेको छ । विद्यालय हस्तान्तरण कार्यक्रममा बोल्दै नायिका थापाले आफ्नो देश बनाउन सबैजना आ–आफ्नो स्थानबाट अग्रसर हुनुपर्ने र सकभर अरुको मुख ताक्नेभन्दा पनि आफ्नो पाखुरा खियाउने बानी बसाल्नु पर्ने बताईन् । भूकम्पले अति क्षति गरेको सिन्धुपाल्चोक जिल्लाको  दुःख सुनेर पनि आउन नसकेको बताउदैं नायिका थापाले ढिलै भएपनि यस्तो पुण्य काममा सहभागी हुन पाउँदा अत्यन्तै खुशी महसुस भएको सुनाइन । विद्यालयले देशकै होनहार ब्यक्तिहरु जन्माउन सकुन भन्ने उनको शुभेच्छा थियो ।

आफु सिन्धुपाल्चोकमै जन्मिएको कारण यो जिल्लासंग मातृत्वको नाता रहेको बताउदैं हाँस्य कलाकार जितु नेपालले विद्यालय भवन हस्तान्तरण जस्तो पुनित कार्यमा सहभागि हुन पाउदा खुशी ब्यक्त गरे । नेपालले कार्यक्रम संचालन गर्दै विभिन्न हाँस्यब्यंगहरु पनि प्रस्तुत गरेका थिए । फाउण्डेसनले सोही स्कुलमा तीन लाख रुपैयाँको अक्षयकोष समेत स्थापना गरेको छ । उक्त अक्षयकोषबाट प्राप्त हुने ब्याज गरिब तथा जेहेन्दार विद्यार्थीहरूको पठनपाठनमा सहयोग गरिनेछ । उक्त विद्यालय भवन निर्माण गर्न हङकङ, मकाउ र चीनमा बसोबास गर्नेहरुले आर्थिक सहयोग गरेको फाउण्डेसनले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ