arrow

बाबुरामलाई भेट्न निवासमै पुगे प्रचण्ड, आमुन्ने–सामुन्ने हुँदै वातमारे

logo
प्रकाशित २०७४ साउन २८ शनिबार
baburam-_prachnd.jpg

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  र पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति, नेपालका संयोजक डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।

शल्यक्रियापछि आराम गरेर बसिरहेका नेता भट्टराईलाई भेट्न अध्यक्ष दाहाल शनिबार दिउँसो टोखास्थित भट्टराईकै निवास पुगे । २ घण्टा लामो छलफलमा दुई नेताबीच समसामयिक राजनीतिक परिस्थितिका विषयमा कुराकानी भएको बताइएको छ ।

भेटमा दाहालले पूर्व माओवादी र अग्रगामी धारहरुबीचको एकतामा जोड दिँदै त्यसका लागि गम्भीर रुपले सोच्न नेता भट्टराईलाई अनुरोध गरे । अध्यक्ष दाहालले देशको जटिल राजनीतिक परिस्थितिलाई विचार गरेर माओवादीहरु एक हुनैपर्ने कुरामा जोड दिँदै सम्पूर्ण राजनीतिक परिस्थितिमा समीक्षा गरेर जान आफूहरु गम्भीर रहेको नेता भट्टराईलाई भने ।

नयाँ शक्तिका संयोजक भट्टराईले समग्र विषयमा समीक्षा गरेर निष्कर्षमा पुग्न सकिने बताउँदै त्यसका लागि छलफललाई जारी राख्ने भनेका छन् । दुई नेताबीच समग्र विषयमा गम्भीर समीक्षा गरेर अगाडि बढ्न छलफललाई जारी राख्ने समझदारी भएको छ ।

शुक्रबार मात्रै नयाँ शक्तिका सह–संयोजक रामचन्द्र झासहित केही नेताले आफुहरु फेरि माओवादी केन्द्रमै फर्किने घोषणा गरेपछि दाहाल भट्टराईलाई फकाउन निवासमै गएका हुन् । नयाँ शक्तिले देवेन्द्र पौडेलसहितका नेताहरुलाई समेत स्पष्टीकरण सोधेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ