arrow

किसुनजीकी जेठी भाउजु शारदादेवीको निधन

logo
प्रकाशित २०७४ साउन २९ आइतबार
kishunjee-bhauju.jpg

काठमाडौं । नेपाली काँग्रेसका संस्थापक नेता एवं पूर्व प्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराई (किसुनजी) की जेठी भाउजु शारदादेवी भट्टराईको ९० वर्षको उमेरमा निधन भएको छ । 

नेपाली कांग्रेसका संस्थापकहरु मध्येका स्व गोपालप्रसाद भट्टराई तथा किसुनजीकी भाउजु शारदादेवीको गत साउन २४ गते मङ्गलबार विराटनगर कन्चनबारीस्थित आफ्नै निवासमा निधन भएको हो । 

भट्टराई परिवारका अघिल्लो पुस्ताका चार दाजुभाईहरु बटुकप्रसाद, नारायणप्रसाद, गोपालप्रसाद र कृष्णप्रसादमध्ये सवैभन्दा जेठा बटुकप्रसाद भट्टराईकी उनी पत्नी थिइन् ।

योसंगै भट्टराई परिवारको अघिल्लो पुस्ता पनि सकिएको छ । 

किसुनजीले आफ्नो जीवनी पुस्तक ‘मेरो म’ मा ठूली भाउजुको बारेमा पनि उल्लेख गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ