arrow

बबई नदीमा खतराको रेकर्ड तोडियो, विहान ६ बजे अहिलेसम्मकै सबैभन्दा उच्च विन्दूमा 

logo
प्रकाशित २०७४ साउन २९ आइतबार
babai.JPG

काठमाडौं । बबई नदीमा पानीको बहाबले अहिलेसम्मकै उच्च विन्दूको रेकर्ड तोडेको छ । विगत तीन दिनदेखिको अविरल वर्षाका कारण मुलुकको जनजीवन अस्तव्यस्त बनिरहेको बेलामा बबईनदीमा भने आईतबार विहान पानीको बहाब अहिलेसम्मकै उच्च विन्दूमा पुगेको हो। जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार विहान ५ बजे खतराको तह पार गरेको बबई नदीमा मध्यरातमा झनै सतह बढ्दै गई विहान ६ बजे जोखिको उच्च विन्दूमा पुगेको हो । पानीको बहाब त्यहाँ अहिले ९।९ मिटरमा पुगेको छ ।

शनिबार बेलुकी ८ बजेसम्म खतराको तह पार गरेको पूवी राप्तीको रजैया बाढी मापन केन्द्रमा मध्येरातपछि झनै पानीको बहाब बढ्दै गएको छ । चितवनको रिउखोला स्थित बाढी मापन केन्द्रमा पनि खतराको तह पार गरेकोले बाढीको उच्च जोखिम छ । 

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार भारी वर्षाका कारण आईतबार विहानैदेखि सोमबार विहानसम्म रौतहट, सर्लाही, बारा, पर्सा, चितवन, नवलपरासी, रुपन्देही र कपिलबस्तुमा वाग्मती, पूर्वी राप्ती, रिउखोला विनय खोला, अरुन खोला लगायतका नदीहरुमा सोमबार विहानसम्म सतर्कता अपनाउनुपर्नै देखिन्छ । त्यस्तै, मुलुकको पूवी मध्य भागका जिल्लाहरु झापा, इलाम, सुनसरी, मोरङ, सप्तरी, उदयपुर, जनकपुर, धनकुटा जिल्लाका नदीहरुमा पनि उच्च जोखिम रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ