arrow

बाढीपहिरोमा परी कम्तिमा ३५ जनाको मृत्यु, २८ भन्दा बढी बेपत्ता, ३१ हजार बढी घर डुबे

प्रतिकुल मौसमले राहत र उद्धारमा कठिनाइ 

logo
प्रकाशित २०७४ साउन २९ आइतबार
bhaktapurflood.jpg.jpeg

काठमाडौं । शुक्रबारदेखि भइरहेको अविरल वर्षाले आएको बाढीपहिरोमा परी देशभर अहिलेसम्म कम्तिमा ३५ जनाको मृत्यु भएको छ । 

गृहमन्त्री जनार्दन शर्माले ३५ जनाको मृत्यु भइसकेको र २८ जनाभन्दा बढी बेपत्ता भएको जानकारी दिए । 

उनले ३१ हजारभन्दा बढी घरहरु डुबेको भन्दै अझ बढी घर डुब्नसक्ने जनाएका छन् । 

अविरल वर्षासंगै प्रतिकुल मौसमका कारण उद्धार र राहत वितरणमा समस्या भइरहेको उनले जनाए । 

मन्त्री शर्माले स्थानीय प्रशासनलाई जतिसक्यो छिटो उद्धारमा लाग्न निर्देशन दिइसकेको बताएका छन् । 

उनले सबैलाई सहयोग गर्न अपिल समेत गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ