arrow

डिफेन्डिङ च्याम्पियन चेल्सी पहिलो खेलमै पराजित, दुई रातो कार्ड

logo
प्रकाशित २०७४ साउन २९ आइतबार
gary_cahill.jpg

स्टामफोर्ड ब्रिज । डिफेन्डिङ च्याम्पियन चेल्सी इंगलिस प्रिमियर लिग फुटबलको पहिलो खेलमै पराजित भएको छ ।

चेल्सी घरेलु मैदानमा शनिबार राति भएको खेलमा बर्नलीसंग ३–२ ले पराजित भएको हो । खेलको १४ मिनेटमै कप्तान गेरी काहिल रातो कार्ड खाइ बाहिरिए । 

१० जनामा समेटिएको चेल्सीले धमाधम ३ गोल खायो । साम भोक्सले २ तथा स्टेफेन वार्डले गोल गरे । 

निकै दबाबमा आएको चेल्सीले त्यसपछि अल्भारो मोराटाले गोल गर्दै अन्तर कम गरे । ८१ औं मिनेटमा सेस्स फेब्रिगासले दोहोरो पहेंलो कार्ड खाइ बाहिरिंदा चेल्सी थप पीडामा पुग्यो । 

८८ औं मिनेटमा डेभिड लुइजले गोल गर्दै २–३ को स्थितिमा ल्याएका थिए । यो हारले भने चेल्सीलाई आगामी खेलमासमेत चुनौति बढेको छ । 

म्यानचेस्टर सिटीले भने विजयी सुरुआत गरेको छ । चेल्सीले नवप्रवेसी ब्राइटनलाई २–० ले हरायो । त्यस्तै एभर्टनले स्टोक सिटीलाई १–० ले हरायो ।

लिभरपुलले वाटफोर्डसंग ३–३ को तथा स्वान्सी सिटीले गोलरहीत बराबरी खेल्यो ।

नवप्रवेसी हर्डल्सफिल्ड टाउनले क्रिस्टल प्यालेसलाई ३–० ले तथा वेस्टब्रोमले बर्नमाउथलाई १–० ले हरायो । 

आइतबार साँझ १८ः१५ बजे न्युकासलले टोटनह्यामसंग र राति २०ः४५ बजे म्यानचेस्टर युनाइटेड र वेस्टह्याम युनाइटेड भिड्ने छन् । 

Chelsea's title defence got off to a nightmarish start as they were beaten at home by Burnley

David Luiz scored late on, but it couldn't make up for a performance riddled with mistakes

Cesc Fabregas got a first booking for sarcastically clapping the ref, then a second for a foul

Jeremie Boga made a short debut, being sacrificed after 16 minutes following Cahill's red card

Burnley were 3-0 ahead at half-time at Stamford Bridge before eventually triumphing 3-2

Tom Heaton was as solid as ever in the Clarets goal, keeping them ahead in the second half

Jack Cork enjoyed returning to the club where he started his career on his Burnley debut

Sam Vokes had a goal disallowed and but made up for it with a volley and a superb header

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ