arrow

पूर्वी तराईमा विद्युत आपूर्ति बन्द, कुलमानलाई तनाव

logo
प्रकाशित २०७४ साउन २९ आइतबार
Badhi-news-aaja.jpg.jpeg

काठमाडौं । वर्षा र बाढीले डुबान भएपछि पूर्वी तराइका जिल्लाहरुमा विद्युत आपूर्ति बन्द भएको छ । पानी परिरहेकाले विद्युत नियमित गर्न सकिएको छैन । तराईका विभिन्न ठाउँमा विद्युत्का सव–स्टेशनहरु डुबानमा परेकाले विद्युत नियमित गर्न नसकिएको विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् ।

उनले भने, ‘अन्य राहत र उद्धारका काम पानी परिरहेपनि गर्न सकिने विकल्प हुन्छ । विद्युत्को मामिलामा त्यस्तो हुँदैन । पोलहरु ढलेका छन् । पानीले निकास पाएको छैन । सव–स्टेशनहरु डुबेका छन् । पानी परिरहेको छ । यस्तो अवस्थामा विद्युत्को काम गर्नै सकिँदैन ।’

पानी पर्ने क्रम रोकिए र भरिएको पानी कम हुनेवित्तिकै युद्धस्तरमा काम हुने उनले बताएका छन् । विद्युतसँगै टेलिफोन सेवा समेत बन्द भएको छ । विद्युत प्राधिकरणले विज्ञप्तिनै जारी गरेर सव-स्टेशनमा पुगेकाे क्षतिकाे विवरण सार्वजनिक गरेकाे छ ।

प्रेस विज्ञप्ती

विगत २-३ दिन देखिको पुर्व तथा मध्य नेपालमा भैरहेको अविरलबर्षाको कारण ने.वि.प्रा.को प्रशारण लाइन, सब स्टेशन तथा वितरण प्रणाली लगायतहरुका संरचनाहरुमा ठुलो क्षति भएकोले विधुत वितरणमा समस्या आएको हुँदा हाल विराटनगर लगायत पुर्वान्चलकासम्पूर्ण जिल्लाहरुमा विधुत आपूर्ति हुन सकेको छैन भने मध्यमाञ्चलका धेरै जसो जिल्लामा विधुत आपूर्ति अवरुद्ध रहेको छ| यसरी विधुत आपूर्तिमा पर्न गएको अवरोधले गर्दा ग्राहक बर्गमा पर्न गएको असुविधा प्रति नेपाल विधुत प्राधिकरण क्षमा प्राथी छ  । नेपाल विधुत प्राधिकरणको सम्पूर्ण टिम यस समस्यालाई समाधान गरी छिटो भन्दा छिटो विधुत आपुर्ति सुचारु गर्नतदारुकताका साथ लागेको जानकारी गराइन्छ  ।

विधुत प्राधिकरणकोविभिन्न क्षेत्रमारहेकाविधुत गृह, प्रशारण लाइन, सव-स्टेशन रवितरण प्रणालीमा पुगेको क्षतिको विवरण तपसिल अनुसार रहेको छ|

क्षति पुगेका मुख्य १३२ र ६६ के,भी. लाइन तथा सवस्टेशन

  • दमक-गोधक खण्डको १३२ के.भीकोलाइन अन्तरगत चुलाचुलीमा रहेको टावर न. १७बाढीको कारण ढलेको ।
  • हेटौडा सब स्टेशन अन्तर्गतको हेटौंडा सिमेन्ट नजिक ६६ के.भी. टावर पल्टिन लागेकोले सो६६ के.भी.औघोगिक फिडर सर्किट न.१,२बन्द गरिएकको  ।
  • दुहवी सब-स्टेशन, दमकसब-स्टेशन, अनारमनी सव-स्टेशन जलमग्न भएको हुँदा २७ गते बिहान ७:३० बाटपूर्ण रुपमा बन्द भएको  ।
  • चपुर- पथलैया१३२ के.भी. सर्किट न.२, २७ गते राति ९:३८ बजे देखि चालु हुन नसकेको ।
  • ढल्केबर-चपुर १३२ के.भी. सर्किट न.१, २७ गते दिउसो ४:१८ बजे देखि चालु हुन नसकेको ।
  • बालाजु-त्रिशुली ६६ के.भी. सर्किट न.१र २, २७ गते राति ९:५८ बजे देखि चालु हुन नसकेको ।
  • नयाँ संरचनामा रक्सौल-परवानीपुर १३२ के.भी.को भलुहीमाटावरन.१७/० र १६/०मा बाढीले बेस खनेको ।

१३२के.भी./३३ के.भी. सव स्टेशन फिडर ट्रिपिंग अवस्था

  • लहान सव स्टेशन अन्तरगत रुपनीरलोकल फिडर बाहेक सम्पूर्ण ३३ के.भी. तथा ११ के.भी. बन्द रहेको जस अन्तरगत ३६ मेगावाटलोड मध्ये २ मेगावाट मात्रै खपत भैरहेको ।
  • ढल्केबरसव स्टेशन अन्तर्गतको जनकपुर फिडर बाहेक सम्पूर्णफिडर बन्द रहेको जसबाट३५ मेगावाटलोड मध्ये१मेगावाट मात्रै खपत भैरहेको ।
  • चपुर सव स्टेशन अन्तर्गत हरसाहा ३३ के.भी. तथालोकल फिडरहरुचार्ज भएको साथै गौर, हरिपुर तथा निजगड ३३ के.भी. लाइनमा फल्ट रहेको हुँदा ३२ मेगावाट लोड हुने सव स्टेशनमा जम्मा १.५ मेगावाट खपत भएको ।
    • हरिपुर ३३/११ के.भी. स/स मा १ फिट पानी रहेको ।
    • गौर नजिक ३३ के.भी.फिडरको २ थान पोल बाढीले बगाएको ।
  • परवानीपुर सब स्टेशन अन्तर्गतगण्डक र हिमाल फिडरहरुमा समस्या आएको ।
  • बिरगंज सब स्टेशन अन्तर्गत ४ ओटा फिडर नलागेको अवस्थामा २० मेगावाट मध्ये ७ मेगावाट मात्रै खपतभैरहेको ।
  • सिमरा सव स्टेशनमा जमिन देखि १ मिटर माथि पानि आएको हुँदा २८ गते राति १२ बजेबाट बन्द रहेको ।
  • हेटौडासब स्टेशन अन्तर्गतको लोकल फिडर बाहेक अन्य कुनै पनि फिडर चालु न रहेको जसको कारणले १२ मेगावाटमा २ मेगावाट मात्रै खपत भईरहेको ।
  • भरतपुर सव स्टेशन र पर्सा सब स्टेशन पूर्ण रुपमा जल मग्न रहेको, भरतपुर स.स.अन्तर्गत गैडाकोटफिडर बाट ४० मेगावाटमा २ मेगावाट मात्रै चालु रहेको ।
  • शिवपुर सव स्टेशन अन्तर्गत ११ के.भी. शिवपुर फिडर र बहादुरगंज फिडर बन्द अवस्थामा रहेको।
  • कोहलपुर सव स्टेशन अन्तर्गत राजा फिडर बाहेक सम्पूर्ण बन्द अवस्थामा, ४० मेगावटमा २ मेगावाट मात्रै प्रयोग भईरहेको ।

जलविधुत गृहको अवस्था र ट्रिपिंग विवरण

धेरै सवस्टेशनतथा फिडर बन्द अवस्थामा रहेको हुँदा जलविधुत गृहको क्षमता उत्पादन भन्दा धेरै कम उत्पादनभै रहेको छ|

  • कालीगण्डकी ए (१४४ मेगावाट) : मात्र१०० मेगावाट
  • मध्य मर्स्याङ्दी(७० मेगावाट): मात्र २५ मेगावाट
  • मर्स्याङ्दी (६९मेगावट): मात्र ३२ मेगावाट
  • बालाजु त्रिशुली ६६ के.भी. सर्किट ट्रिपिंग भएकालेचिलिमेर त्रिशुली ७-७ मेगावट र देबिघाट ५ मेगावाट मात्र उत्पादन गरिरहेको
  • गण्डक पावरहाउस बाढीको कारणले विहान ५:२२ देखि बन्द अवस्थामा रहेको  ।

विधुत आयातको अवस्था

  • ढल्केबर – मुजफरपुरबाट लिनुपर्ने १०० मेगावाट पावर मध्य लोड नभएको कारणले ७ मेगावाट देखि ३३ मेगावाट मात्र लिन सकेको अवस्था रहेको  ।
  • विहारबाट हुने सम्पूर्ण आयात बन्द गरिएको छ ।
  • टनकपुरबाट हुनेआयात पनि बन्द गरिएको छ  ।

काठमान्डू उपत्यका भित्रकोलोड ट्रिपिंग समस्या

  • स्युचाटार सव स्टेशन बाट स्वयम्भु ११ के.भी फिडर अर्थ फल्टको कारणले बिहान ४ देखि ७ सम्म बन्द रहेको थियो ।
  • बानेश्वर सव स्टेशन अन्तर्गतकोलुभु ११ के.भी. फिडर लाकुरी भन्ज्याङ्ग नजिक तार खसेको कारणले फिडर अर्थ फल्टको कारणले ४ देखि ७ सम्म बन्द रहेको थियो  ।
  • पाटन सव स्टेशन अन्तर्गतको चापागाउँ ११ के.भी. टिका भैरवनजिक भुइमा तार खसेको कारणले फिडरअर्थ फल्टको कारणले ३:१० देखि ८:१५ सम्म बन्द रहको थियो  ।
  • पुरानो चावहिल सव स्टेशन अन्तर्गत ११ के.भी. जोरपाटी फिडर अर्थ फल्टको कारणले ट्रीप भएकोछ ।

नेपाल विधुत प्रधिकरण

दरबार मार्ग, काठमान्डू

मिति २०७४/०४/२९



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ